- Loading...
विकास बजेट काटेर ३६ अर्ब ऋण तिरियो, सरकारको खाता नै करिव १ खर्बले ऋणात्मक
- पुनहिल डट कम
- १ साल अघि
- २४६ पटक पढिएको

|Government, BUDGET. Binder data finance report business with graph analysis in office.
चालू आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार आन्तरिक राजस्व उठाउन नसकेको, आशा गरेभन्दा कम वैदेशिक सहायता प्राप्ति भएको तथा अन्य स्रोतका पैसा उठाउँदा पनि नपुगेपछि सरकारको खाता झन्डै १ खर्ब रुपैयाँले ऋणात्मक भएको छ ।
टक्सारन्युज म्यागजिनकाे अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार नेपाल सरकारको खाता ( ट्रेजरी खाता) ९८ अर्ब ८५ करोड रुपैयाँले ऋणात्मक भएको हो । स्मरणीय छ- यो सरकारको आयभन्दा व्यय बढी भइ बजेट घाटा वा वित्त घाटा भएको मात्र अवस्था होइन, नेपाल राष्ट्र बैंकमा रहने सरकारको खाता नै ऋणात्मक भएको हो ।
यस जेठसम्म उठेको ८ खर्ब ३६ अर्ब राजस्व, ९ अर्ब २२ करोड रुपैयाँ अनुदान, ६८ अर्ब रुपैयाँ बाह्य ऋण र जेठ मसान्तसम्म उठाइएको २ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋणले सरकारको खर्च धान्न नपुगेपछि गत वर्षको बचत १ खर्ब ३० अर्ब रुपैयाँ स्रोतका रुपमा उपयोग गरियो ।
राजस्व लक्ष्यभन्दा करिब १२ प्रतिशतले कम उठेको, वैदेशिक अनुदान र ऋण दुवै लक्ष्यभन्दा कम प्राप्त भएसँगै अर्थमन्त्रालयले असारको मध्यबाटै सबै किसिमका ठूला भुक्तानी रोकेको हो , यसमा सार्वजनिक निर्माणको ८० अर्ब रुपैयाँबराबरको भुक्तानी पनि समावेश छ ।
अर्थमन्त्रालयका एक अधिकारीले अन्य किसिमका अनिवार्य दायित्वका रकम पनि रोकिएको पुष्टि गरे पनि कुन-कुन शीर्षकका रकम भुक्तानी रोकिएको भन्ने खुलाउन चाहेनन् । पूर्वअर्थसचिव रामेश्वर खनालले पेन्सन भुक्तानीसमेत राेकिएको ट्वीट गरेका छन् ।
प्रत्यक्ष र अप्रत्यक्ष करबाट लक्षित राजस्व उठाउन नसकेपछि सरकारले अन्य राजस्व प्राप्तिको सहारा लिएको देखिन्छ । यो शीर्षकमा सरकारले विभिन्न संस्थानहरूबाट पाउने लाभांश, राेयल्टी, ब्याज, दण्ड-जरिवाना, जफतजस्ता शीर्षकबाट राजस्व संकलन गर्छ । असार २४ गतेसम्म सरकारले अन्य प्राप्तिबाट ३८ अर्ब रुपैयाँ उठाएको छ ।
पुँजीगतको बजेट-ऋणको साँवाब्याज तिर्नमा
आफ्नो राजस्व संकलनबाट संकलित पैसाबाट सरकारी कर्मचारीको तलबभत्ताबापत भुक्तानी गर्न र प्रशासनिक खर्च नै धान्न नपुगेपछि सरकारले पहिलो पटक विकास बजेटको पैसा लगेर ऋणको साँवाब्याज तिर्न खर्च गरेको छ । बुढीगण्डकी, निजगढ विमानस्थल र काठमाडौं-निजगढ फास्टट्रयाक लगायतका विकास आयोजनाबाट छुट्याइएको ३६ अर्ब रुपैयाँ ऋणको साँवाब्याज तिर्न रकमान्तर गरिएको हो ।
गत आर्थिक वर्षमा लिइएको आन्तरिक ऋणको ब्याजदर उच्च हुँदा विनियोजन गरिएको रकमले नपुगेपछि आन्तरिक ऋणको साँवाब्याज तिर्न अन्य शीर्षकबाट रकमान्तर गरिएको अर्थमन्त्रालय सम्बद्ध एक अधिकारीले स्वीकार गरे ।
सबै किसिमका भुक्तानी रोकियो
यसैबीच, आर्थिक कार्यविधि ऐनको व्यवस्थाबमोजिम सोमबार बिहानैदेखि सबै किसिमको भुक्तानी रोकिएको छ । आर्थिक कार्यविधि नियमावलीअनुसार असार २४ गते बेलुका १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको सबै किसिमका भुक्तानी रोकिएको हो । *टक्सारन्युज

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
