FLASH NEWS
  • Loading...

एसईईः प्रकाश माविका समिर सुवेदीले ल्याए ४ जिपिए

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३९८४ पटक पढिएको
एसईईः प्रकाश माविका समिर सुवेदीले ल्याए ४ जिपिए

राष्ट्रिय परीक्षा बोर्डले विहिवार दिउँसो सार्जजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार सदरमुकाम बेनी स्थित प्रकााश माध्यामिक विद्यालयका समिर सुवेदीले सवै भन्दा माथिल्लो ग्रेड ४ जिपिए ल्याएका छन ।
४ जिपिएसहित सुवेदी जिल्ला प्रथम भएका छन । विद्यालयले भने ग्रेडिङ सिस्टमको परिक्षा फल भएपनि सुवेदीले सवै भन्दा माथिल्लो ग्रेड ४ जिपिए नेपालभरमै उत्कृष्ट रहेको दावी गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षको एसईई परिक्षामा माथिल्लो ग्रेड ३.६० देखी ४ जीपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ । त्यस्तै ३.२–३.६ ग्रेड ल्याउनेको संख्या ६९ जना, ३.२–२.८ ल्याउनेको संख्या १ सय ७७, २.८–२.२ ल्याउने ३ सय १८ र २.४–२.० ल्याउनेको संख्या सर्वाधिक ५ सय ८० रहेको छ । ०.८ देखी १.२ ग्रेड ल्याउनेको संख्या ३ रहेको छ । ११ जना विद्यार्थीको रिजल्ट एब्सेन्ट देखिएको छ ।

‘प्रकाश माविका समिर सुवेदीले सवै भन्दा माथिल्लो ग्रेड ४ जीपिएसहित पहिलो भएका छन । माथिल्लो ग्रेड ल्याउनेको संख्या २१ छ’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘परिक्षा फलको थप सुस्म विस्लेषण गर्नेक्रममै छौं ।’