FLASH NEWS
  • Loading...

जिल्ला स्तरीय भलिवलमा ज्ञानप्रकाश मावि पहिलाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४७ पटक पढिएको
जिल्ला स्तरीय भलिवलमा ज्ञानप्रकाश मावि पहिलाे

गलेश्वर माध्यामिक विद्यालय ताेरीपानीले अायाेजना गरेकाे जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय छात्र भलिवल प्रतियाेगिताकाे उपाधी ज्ञानप्रकाश मावि दानाले हात पारेकाे छ ।

शनिवार सम्पन्न प्रतियाेगिताकाे फाइनल खेलमा प्रकाश मावि बेनीलाइ ३-० काे साेझाे सेटमा पराजित गरी ज्ञान प्रकाश माविले नगद ५५ हजार ५ सय ५५ रूपैयाँसहित उपाधी हात पारेकाे हाे । दाेस्राे भएकाे प्रकाश माविले नगद ३३ हजार ३ सय ३३ रूपैयाँ नगदसहित मेडल, प्रमाण पत्र हात पारे । प्रतियाेगितामा ज्ञानप्रकाश माविका गाेविन्द पुर्जाले उत्कृष्ट खेलाडीकाे उपाधीसहित ५ हजार नगद प्राप्त गरे ।

प्रतियाेगितामा जिल्लाभरका २२ वटा माविकाे सहभागिता रहेकाे अायाेजक गलेश्वर माविका प्रअ गणेश बानियाँले जानकारी दिए ।