FLASH NEWS
  • Loading...

अव बेनी नगरको अाफ्नै पहिचान झल्कने लोगो

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०२ पटक पढिएको
अव बेनी नगरको अाफ्नै पहिचान झल्कने लोगो

बेनी नगरपालिकाले नगरक्षेत्रकाे पहिचान झल्कने आफ्नै ‘लोगो’ सार्वजनिक गरेकाे छ ।

दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले बेनी नगरकाे पहिचानसहितकाे लोगो सार्वजनिक गरेका हुन । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने सूचना गर्दै खुल्ला प्रतिस्पर्धा मार्फत उतकृष्ट लोगो  माग गरेकाेमा बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो ।

लाेगाेमा ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारा राखिएकाे छ । त्यस्तै, लाेगाेमा नगरपालिका भित्ररहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।