- Loading...
म्याग्दीको भकिम्लीमा घरबास व्यवस्थापनसम्बन्धी तालिम सुरु
- पुनहिल डट कम
- १ साल अघि
- १८१ पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको डोलेमा हिजो (आइतबार)देखि सिपमूलक घरवास पर्यटन व्यवस्थापन तालिम सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, धवलागिरि प्राविधिक शिक्षालय थासाङ गाउँपालिका–३, लेते, मुस्ताङको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
बेनपा–३, भकिम्ली वडा कार्यालय र धौलागिरि पर्यटन परिषद म्याग्दीको समन्वय तथा व्यवस्थापनमा १२ दिनसम्मको सिपमूलक घरवास अर्थात् होमस्टे तालिम सुरु भएको परिषदका अध्यक्ष अमर बानियाँले बताए ।
भकिम्लीकाे पर्यटकीय स्थल वेलढुङ्गालाइ लक्षित गरी होमस्टे कार्यक्रम सञ्चालन गरी स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित धवलागिरि प्राविधिक शिक्षालयको समन्वयमा पर्यटन परिषदमार्फत घरवास तालिम आयोजना गरिएको हाे ।
तालिमको उद्घाटनसत्र धौलागिरि पर्यटन परिषदका अध्यक्ष बानियाँको अध्यक्षता, वडास्तरीय महिला सञ्जाल भकिम्लीका अध्यक्ष पूर्णमाया जिसीको सञ्चालन र मुसुङडोले आधारभूत विद्यालयका प्रधानाध्यापक शेरबहादुर विकको स्वागतमा सम्पन्न भएको थियो । भकिम्लीका २० जना सहभागी तालिममा होमस्टे कार्यक्रमको विभिन्न विषयहरुमा सहजीकरण गरिने जनाइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
