FLASH NEWS
  • Loading...

बस दुर्घटनाका घाइते ट्रेकिङ मजदुरको अवस्था सामान्य

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४६ पटक पढिएको
बस दुर्घटनाका घाइते ट्रेकिङ मजदुरको अवस्था सामान्य

काठमाण्डौबाट मुस्ताङको जोमसोम तर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाईते भएका सवै चार जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ ।
काठमाण्डौको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङहुँदै थोरङ्लापास गरी वेंशीसहर निक्लन हिंडेका मजदुरहरु सवार बस बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै विहान करिव ९.४५ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामापरी ओखलढुङगा जिल्लाको मलङ गाउँपालिका, ७ की मिङ्मा शेर्पा, खिचिरेम्बा गापा, १ की छम्जी शेर्पा सिन्धुपाल्चोक जिल्लाको पाँचपखीथान गाउँपालिका, ६ का मिङमार तामाङ र लिसिम्वोपहर गापा, १ का पूर्ण लामा घाईते भएका हुन । बेनी अस्पतालमा उपचाररत घाईतेहरुलाई टाउको, खुट्टा, हात र ढाडमा बढी चोट लागेको छ । घाईतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । बसमा सवार अन्य यात्रु भने अर्को वस ब्यवस्था गरी गन्तब्य तर्फ लागेको प्रहरीले जनाएको छ ।
‘सडकको कुनापट्टी ग्राभेल गर्न गिटी थुपारेको थियो । बस डिलबाट तिब्र गतिमा गुडेको बेला अचानक बस डिलमुनी पुग्यो । थोरैले कालीगण्डकीमा झरेन’ बेनी अस्पतालमा उपचारत टिमका मुख्य कुक पूर्ण लामाले भने, ‘कम्पनीबाट रिजर्भ बसमा हामी २१ जना थियौं । पर्यटकहरु मार्फा पुगी सके । आज जोमसोममा भेटेर भोलीबाट उपल्लो मुस्ताङ गै फर्केर थोरङला उक्लेर तिलिचो पुग्ने र मनाङ झर्न हिंडेका हौं ।’