FLASH NEWS
  • Loading...

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७४८ पटक पढिएको
अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सच्याएकाे ः भुलवस यस अघी समाचारकाे मुल विषयान्तर तस्वीर पर्न गएकाेमा क्षमा प्राथी छाैं – सम्पादक ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

वडा नम्बर ७ हिस्तानको घराम्दीमा सोमबार देखि पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गरे। प्रतियोगिता आगमी वैशाख १ गते सम्म सञ्चालन हुने छ ।

प्रतियाेगिता उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद रेशम जुग्जाली,हरी भण्डारी,विमला गौचन,जिसस प्रमुख राजकुमार थापा,धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष कृष्णप्रसाद बरुवाल,नेकपा एमालेका पालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा,वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा,पूर्व अध्यक्ष गम बहादुर फगामी,पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निदेश केसी लगायतले खेलकुद प्रतियोगिता सफलताकाे सुभकामना ब्यक्त गरे ।

प्रतियोगितामा वडा नम्बर १ बाट ४ टिम,२ बाट २,३ बाट ३,४ बाट ३,५ बाट ४,६ बाट ३,७ बाट ४ र ८ नम्बर वडाबाट ४ टिम गरी २७ टिमले सहभागी जनाएको पालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः ३०\२० हजार नगद ,ट्रफी,मेडल र सम्मान पत्र रहेकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालन,पालिका अध्यक्ष पुनको अध्यक्षता र उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनको स्वागतमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।