FLASH NEWS
  • Loading...

पत्रकार महाँसघ स्थापना दिवसकाे अवसरमा स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९० पटक पढिएको
पत्रकार महाँसघ स्थापना दिवसकाे अवसरमा स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल बालसंगठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष राजेश शाक्य र उपसभापति ज्ञानेन्द्र श्रेष्ठलाई महासंघले बालगृहका बालबालिकाको लागि खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

त्यस्तै पत्रकार महाँसघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम ख्डकाले पत्रकारितालाई मर्यादित र विश्वसनीय पेशा बनाउन सके महासंघको गरिमा बढ्ने बताउदै पत्रकारिता पेशालाइ मर्यादित बने पत्रकार महाँसघ गाैरवपूर्ण संगठन बन्ने भन्दै पत्रकार आचारसंहितालाई पालना गर्न आग्रह गरे ।

त्यस्तै नेपाल नेत्र ज्योती संघ बेनीका नेत्र अधिकृत दिनेश बानियाँद्वारा आखाँ परिक्षण र बेनी संजीवनी हेल्थ क्लिनिक बेनीका डाक्टर रोचन आचार्य लगायतको प्राविधिक सहयोगमा ११ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।