FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ, टिम्मुरेमा अर्धसुरुङ

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४८ पटक पढिएको
बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ, टिम्मुरेमा अर्धसुरुङ

निर्माणाधिन कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडकको सुरु पोखरेबगर खण्डको भीरकाटेमा सुरुङ (टनेल) निर्माण हुने भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार अन्नपूर्ण गाउँपालिका, ६ पोखरेबगर नजिक भीरकाटे भन्ने स्थानमा सडकको डिजाईन रिभ्यु गरी ३ सय ५० मिटर लामो सुरुङ मार्ग बनाईने भएको हो । दायाँ अग्लो ओढार परेको कडा पहाड रहेको र बायाँ किनारामा कालीगण्डकी नदीले निरन्तर कटान गरेकोले सडकको सुरक्षाकालागी सुरुङ मार्गको डिजाइन गरिएको हो ।
‘भीरकाटे खण्डमा सडक कालीगण्डकी नदी किनारामै रहेकोले बर्षेनी वर्खामा कालगीगण्डकी नदीले सडक बगाउने र यातायात अवरुद्ध हुने गर्छ । कुटापट्टी ओढार परेको अग्लो कडा पहाड छ, जुन विष्फोटन वा अन्य विधीबाट काटेर सडकको लेभलमा ल्याउन संभव छैन । त्यसैले यहाँ सुरुङ मार्ग नै उक्तम विकल्प हो’ बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘भीरकाटे खण्डमा सडकको वेस छैन । नदी कनारामा ढुङ्गा राखेर डाईभर्सनले काम चलाएका छौं । डिजाईन एप्रुभ भएको छ । अव ठेक्का लागाउने प्रकृयामा छौं ।’
आयोजनाका अनुसार भीरकाटेमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग बनाउन ८० करोडबढी लागत लाग्ने प्रारम्भीक अनुमान छ । आयोजनाका अनुसार जोमसोम–कोरोला १ सय १० किलोमिटर लामो सडक मध्य म्याग्दीमा पर्ने बेनी (गलेश्वर)–घाँसा खण्डको ३८ किमीमध्य १५ किलोमिटर क्षेत्र अति कठिन क्षेत्र हो । अर्को २ किमी सडकमा रहेका १० वटा पहिरोको पनि थप अध्ययन भैरहेको छ ।


त्यस्तै, भीरकाटे नकि टिम्मुरे भन्ने स्थानमा करिव एक सय मिटर सडक भने अर्ध सुरुङ (अँग्रेजी अक्षरको सी आकार)मा निर्माण हुने छ । सो खण्डमा सडकको देव्रे किनारामा कालीगण्डकी साँघुरो घाँटी भएर बगेको र दायाँ कुना भाग अग्लो पहाड भएकोले विष्फोटन गरी पुरै भीर काट्न असंभव भएकोले पहिल्लै देखी भीर कोपेर बनाईएको अर्धसुरुङ आकारको घोडेटो बाटोलाई नै विस्तारगरी सडक बनाईएको हो ।