FLASH NEWS
  • Loading...

प्रथम म्याग्दी कप पश्चिम म्याग्दीको पोल्टामा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३९ पटक पढिएको
प्रथम म्याग्दी कप पश्चिम म्याग्दीको पोल्टामा

सदरमुका बेनीको खेलमैदानमा जारी प्रथम म्याग्दी कप लिग फुटवल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लवले हात पारेको छ ।

मंगलवार भएको फाईनल खेलमा कालीपुल युनाईटेडलाई ट्राईबेकरमा ५ का विरुद्ध ६ गोल गर्दै पश्चिम म्याग्दीले म्याग्दी कपको उपाधी उचालेको हो । ४६ हजार मुल्यको ट्रफि उचालेको विजेता पश्चिम म्याग्दीले १ लाख २० हजार नगद हात पारेको छ ।

त्यसैगरी दोस्रो स्थानमा चित्त बझाएको कालीपुल युनाईटेडले ७० हजार, ट्रफि हात पारेको छ ।

निर्धारित समयमा १–१ गोल वरावरी खेलेपछि थपिएको २० मिनेट पनि गोलरहित बन्दा खेल ट्राईब्रेकरमा गएको थियो । ट्राई वेकरमा कालीपुल युनाईटेडका खेलाडीले हानेको वल पश्चिम म्याग्दीका गोल रक्षक सजिन किसानले रोक्दा उपाधी आफ्नो पोल्टामा पारेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन र उत्कृष्ट गोलकर्ता कालीपुल युनाईटेडका विनम थजाली घोषित भए । थजालीले प्रतियोगिता अवधिमा ८ गोल प्रहार गरेका थिए ।

प्रतिकुल मौषम र भारी वर्षाले प्रभावित भएको प्रतियोगिताको फाईनल खेलमा उत्तिकै कार्ड वर्षा पनि देखियो । कालीपुल युनाईटेडका एक खेलाडीले रातो कार्ड पाएर खेलबाट बाहिरिनु पर्‍यो । ९ ए साईड खेलमा सहभागी दुवै टिमले ५–५ जना खेलाडीले पहेंलो कार्ड पाए ।

त्यस्तै, प्रतियोगितामा अनुसासित टिम, उत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफि प्रदान गरिने छ ।

त्यसैविच बदलिएको मौषमले भने प्रतियोगितालाई प्रभावित पार्ने संभावना बढेको छ । मौषम पूर्वानुमान गर्ने मौषमविदहरुले चैत पहिलोसाता आँधीहुरी, मेघगर्जन तथा चट्याङसहित बर्षा हुन सक्ने अनुमान गरेका छन ।