- Loading...
म्याग्दीको मंगला क्याम्पसमा अनेरास्ववियु अत्याधिक मतले विजयी
- पुनहिल डट कम
- २ साल अघि
- १८५ पटक पढिएको

म्याग्दीको मंगला गाउँपालिका स्थित मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको भिममायाँ रोका नेतृत्वको एकल प्यानल विजयी भएको छ ।
रोकाले एक सय ३० मत पाईन भने सत्ता गठवन्धनका काँग्रेसर माओवादी केन्द्रका विद्यार्थी संगठनको गठवन्धनबाट उम्मेदवार रहेका नेपाल विधार्थी संघका गौरव आचार्यले १५ मत प्राप्त गरे । त्यस्तै सचिवमा अनेरास्ववियुका रिवन शाहीले एक सय ३०, कोषाध्यक्ष तारा राना मगरलेर् क सय २६ मत पाएर निर्वाचित भएको मंगला शिक्षा क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सचिवमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी पस्मिता रोकाले १३ र नेविसंघका प्रविना क्षत्रीले १७ मत प्राप्त गरिन ।
त्यस्तै, क्याम्पस निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरुमा अनेरास्ववियुका मेघबहादुर घर्तीले (१३२), विन्दा रोका (१३५)। सजिना सुवेदी (१३५)। किशोरी फगामी (१३४), युमायाँ दर्जी (१३२) पाएर विजयी भएका छन ।
क्याम्पसमा २ सय १२ मतदाता रहेकोमा जम्मा एक सय ४३ मत खसेको थियो । स्ववियु निर्वाचनमा नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले बहिस्कार गरेको थियो ।
स्ववियु निर्वाचनमा समानुपातिक तर्फ नेनि संघले १२ मत प्राप्त गरेको छ । समानुपातिक मत अनुसार १५ सदस्यीय मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट एक जना सदस्य प्रतिनिधित्व हुने छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
