FLASH NEWS
  • Loading...

प्रथम म्याग्दी कप लिग फुटवल प्रतियोगिता तयारी पुरा, मौषमले चुनौति थप्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४५ पटक पढिएको
प्रथम म्याग्दी कप लिग फुटवल प्रतियोगिता तयारी पुरा, मौषमले चुनौति थप्दै

चैत १ गतेदेखी सदरमुका बेनीको खेलमैदानमा सुरु हुने प्रथम म्याग्दी कप लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा विजेताले प्राप्त गर्ने ४६ हजार मुल्यको ट्रफि पनि सार्वजनिक गरेको छ । आयोजक म्याग्दी कप ०७९ ब्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीका अनुसार प्रतियोगितकालागी जिल्लाका विभिन्न १० वटा फुटवल क्लवहरुले नाम दर्ता गराएका छन ।

बुधवार विहान ९.३० बजे जर्सी सहित प्रतियोगी खेलाडीसहित बजारपरिक्रमा १० बजे उद्घाटन गर्ने र ११ बजेबाट उद्घाटन खेल खेलाईने भएको छ । खेल प्रतियोगितको विश्वासनियता कामय राख्न प्रतियोगिता एन्फाका रेफ्रिहरुले मात्र खेलाउने भएका छन ।

लिग कम नक आउट सिस्टममा खेलाईने प्रतियोगितामा प्रथम हुनेले १ लाख २० हजार नगदसहित ट्रफि, दोस्रो हुनेले ७० हजार, ट्रफि र मेडल पाउने भएका छन । त्यस्तै, प्रतियोगितामा अनुसासित टिम, उत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफि प्रदान गरिने छ ।

त्यसैविच, बदलिएको मौषमले भने प्रतियोगितालाई प्रभावित पार्ने संभावना बढेको छ । मौषम पूर्वानुमान गर्ने मौषमविदहरुले चैत पहिलोसाता आँधीहुरी, मेघगर्जन तथा चट्याङसहित बर्षा हुन सक्ने अनुमान गरेका छन ।