FLASH NEWS
  • Loading...

निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६२ पटक पढिएको
निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन भएका छन । निवर्तमान समितीमा असहमतहुँदै समानन्तर कमिटी बनाएका भट्टचन संघको शनिबार बेनीमा भएको २२ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व मा अाएका हुन ।

संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सपाकोटा, नरसिँहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल चयन भएका छन । त्यस्तै, महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल, सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल चयन भएका छन । सदस्यहरमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगना, नविन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन हुनुभएको संघले जनाएको छ ।