- Loading...
बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु
- पुनहिल डट कम
- २ साल अघि
- १८२ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका –२ र ३ नम्बर वडा समेटिएको बगरफाँटलाई जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु भएको छ ।
पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले सडक बगाएपछि विगत दुई बर्षदेखि बगरफाँटबासी सडक सुविधाबाट बञ्चित बनेका थिए ।
बगरफाँटबासीको समस्यालाई मध्यनजर गर्दै जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा बेनीको कालीपुलदेखि बगरफाँट जोड्ने गरि बेलिब्रिज निर्माण सुरु गरिएको जलजला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश जीसीले बताए ।
बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको हाे ।
बेनी–जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथिकाे बेलिब्रिजलाई स्थानान्तरण गरेर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । पुल बन्ने स्थलको नापजाँच पश्चान निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ । ५४ मिटर लामो बेलिब्रिजको लागि फाउण्डेसन निर्माण सुरू भएकाे छ ।
करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सिधा सडक सञ्जाल नहुँदा दैनिक उपभोग्य वस्तु मान्छेले नै बोक्नुपर्ने र निर्माणका सामग्री ढुवानी गर्दा आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
