FLASH NEWS
  • Loading...

‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७७ पटक पढिएको
‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई

४१ अाैं मगर दिवसकाे अवसरमा म्याग्दी मगर संघले अायाेजना गरेकाे ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’मा सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुल प्रथम भएकाे छ ।

प्रतियाेगितामा  दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय,न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हासिल गरेकाे  मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष खम थापा मगरले बताए । प्रतियाेगितामा जिल्लाका ९ वटा विद्यालय सहभागी थिए । स्व. हेमबहादुर पुन नेपाल मगर संघका संस्थापक केन्द्रीय अध्यक्ष हुन।

प्रतियोगितामा प्रथम हुनेले २० हजार, दाेस्राे हुनेले १२ हजार, तेस्राे हुनेले ८ हजार र सान्ताेना हुनेले ५ हजार नगदसिहत सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजयी सहभागी र विद्यालयलाइ प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर (लोकेश )पुन मगरले पुरस्कार वितरण गरे ।