FLASH NEWS
  • Loading...

फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६६ पटक पढिएको
फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको छ।

जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो ।

बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिले जनाएकाे छ ।

जिल्ला खेलकुद विकास समितिकाे कार्यालय प्रमुख दान बहादुर राइका अनुसार प्रतियाेगितामा हरेक पालिकाबाट विभिन्न विद्याका ८० भन्दा बढी विद्यार्थी प्रतियोगितामा सहभागि हुने छन् ।

राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश : २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने छन् । प्रदेशमा म्याग्दी जिल्लाबाट ८८जना खेलाडी सहभागि गराईने छ।