FLASH NEWS
  • Loading...

मुस्ताङ वस दुर्घटनाका १० घाइतेलाइ पोखरा पुर्‍याइयो, उपचारमा कमी हुन नदिन म्याग्दीकोरलाको प्रतिवद्ध

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३४१५ पटक पढिएको
मुस्ताङ वस दुर्घटनाका १० घाइतेलाइ पोखरा पुर्‍याइयो, उपचारमा कमी हुन नदिन म्याग्दीकोरलाको प्रतिवद्ध

|smart

मुस्ताङकै थासाङ गाउँपालिका, ३ धम्पु नजिक कालीगण्डकी नदीमा बस खस्दा सवार १७ जना यात्रु गम्भीर घाईते १० जना यात्रुलाई पोखरा पुर्‍याइएको छ ।
बाँकी घाईतेको स्थानिय लेते प्राथमिक श्वास्थ्य केन्द्रमा उपचारपछि घर फर्केका छन ।
मुस्ताङको जोमसोमबाट पोखरा झर्दै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको यात्रु बस वुधवार विहान सडकदेखी अन्दाजी ५४ मिटर तल कालीगण्डकी नदीमा खस्दा दुर्घटनामा परेको थियो ।
म्याग्दी कोरोला यातायात प्रालिले एक विज्ञप्ती प्रकाशित गरी दुर्घटनामा घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउँ घाईतेको शिघ्र श्वास्थ्यलाभको कामना गरेको छ ।
‘हाम्रो कम्पनीको बस दुर्घटनामा परेको छ । दुर्घटनाबा बढी चोटपटक लागेका १० जना घाएैते यात्रुलाई पोखरा पुर्‍याएका छौं । घाइतेको उपचारमा कुनै कति आउन दिने छैनौं’ म्याग्दी कोरोला यातायातका संञ्चालक मोहन केसीले भने, ‘घाईतेका आफन्तले बेनी स्थित प्रालिको कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।’

उपचारमा कुनै कमी कमजाेरी नहुने प्रतिबध्दता गर्दछाै।
घाईते आफन्तहरुमा सम्पर्क का लागि अफिस नं ०६९-५२१३४० र का. अध्यक्ष माेहन केसी :- ९८५७६२०६६७
सहयाेगी सम्पुर्णमा फेरि पनि धन्यबाद छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित