FLASH NEWS
  • Loading...

इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको च्याट जिपिटी के हाे ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९० पटक पढिएको
इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको च्याट जिपिटी के हाे ?

अहिले नेपालमा च्याट जिपिटी को चर्चा दिनानुदिन बढ्दै गइरहेको छ।

सर्च इन्जिनमा समायोजन भइसकेपछि तिनले अनलाइनमा उत्तर खोज्दा हामीलाई फरकफरक तरिकाबाट नजिता दिन्छन्। एआई प्रविधिले कम्प्युटरलाई आफ्नो पहुँचमा रहेका सूचनाहरूका आधारमा सिक्न, सोच्न र त्यसै‍अनुरूप काम गर्न सक्षम बनाउँछ।

गुगलको बार्ड र माइक्रोसफ्टको च्याटजीपीटी दुवै भाषाको बृहत् नमुनाहरूमा आधारित छन् जसले ‘कम्प्युटर मस्तिष्क’मा रहेको ‘आर्किटेक्चर’को नक्कल गर्छन्।

भाषाका नमुनालाई इन्टरनेटबाट सूचना दिइन्छ र कसरी शब्दमा तत्कालै उत्तर दिने भनेर सिकाइन्छ।

गुगलमा च्याट जिपिटी बारे सर्च गर्नेमा नेपाल विश्वमै दोस्रो मुलुकमा परेको छ। पहिलो स्थानमा चीन रहेको छ भने तेस्रोमा नर्वे र चौथोमा सिंगापुर छ।

यदि तपाईं च्याट जिपिटी को विषयमा जानकार हुनुहुन्न भने हामीले यो भिडिओ तपाईंका लागि नै बनाएका हौं।

च्याट जिपिटी को विकास र अविष्कार गर्ने संस्था ओपन एआई हो।  यस कम्पनीमा आवद्ध अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोलीले आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासमा काम गर्ने गर्छ। यो कम्पनीको सुरूआतकर्तामध्ये एक विश्वका धनाढ्य इलन मस्कसमेत हुन्। यद्यपी उनी अहिले उक्त कम्पनीबाट बाहिरिसकेका छन्। विश्वभर च्याट जिपिटी ले कतिसम्म चासो पैदा गरेको छ भने यसमा माइक्रोसफ्ट कम्पनीले आगामी केही वर्ष भित्रका लागि १० बिलियन डलर लगानी गर्ने सम्झौता गरिसकेको छ।

त्यसो भए च्याट जिपिटी के हो? 

ओपन एआईद्वारा विकसित च्याट जिपिटी एउटा भाषा मोडल हो।

कुराकानी गर्न सक्ने एआई प्रविधिलाई अगाडि बढाउन र सोहीअनुसार विस्तार गर्न च्याट जिपिटी अविष्कार गरिएको हो। यसमा हामीले च्याट गरेकै शैलीमा जवाफहरू पाउन सक्छौं।

च्याट जिपिटीले कसरी मानिसलाई फाइदा पुर्‍याइरहेको छ?

तपाईंले च्याट जिपिटीलाई जुनसुकै समयमा कुनै प्रश्न सोधे पनि यसले सहजै उत्तर दिन्छ।

अझ यसले विशेषगरी विद्यालय तथा कलेजमा पढिरहेका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने गरेको छ। होमवर्क गर्न गाह्रो हुँदा तपाईंले च्याट जिपिटीलाई सहयोग माग्नुभयो भने होमवर्क गर्न पनि सहयोग गर्छ। तपाईंले दिनुभएको सवालको जवाफ तपाईंलाई चाहिएकै शैलीमा पाउनुहुन्छ।

सबै विद्याथीहरूले च्याट जिपिटीकै सहयोगमा हुबहु होमवर्क गरेको हो कि होइन भनेर शिक्षकहरूले थाहा नपाउन पनि सक्छन्। च्याट जिपिटीबाट काम गरेको हो कि होइन भनेर थाहा पाउने सफ्टवेयर पनि बनिसकेको छ।

अहिले भ्यालेन्टाइन्स डे पनि चलिरहेको छ। यदि तपाईंलाई प्रेमपत्र लेख्न आउँदैन भने कुनै चिन्ता छैन। च्याट जिपिटीले पत्र नै लेखिदिन्‍छ। तपाईंले के विषय राखेर लेख्ने भनेर भन्नुभयो भने च्याट जिपिटीले तपाईंले प्रेम गर्ने मान्छेको लागि प्रेमपत्र लेख्न सहयोग गर्छ।

यसले भाषाको अनुवाद गर्न सक्छ। तपाईंलाई कसैलाई इमेल पठाउनु छ र कसरी लेख्ने भनेर आएन भने चिन्ता लिनै पर्दैन। जुन-जुन कुरा राख्नुपर्ने हो त्यो कुरा राखेर इमेल लेखिदिन अनुरोध गर्नुभयो भने सोहीअनुसार इमेल लेखिदिन्छ। च्याट जिपिटीले समाचार पनि लेख्न सक्छ।

अझ रोचकको कुरा त के छ भने अमेरिकाको वार्टन विश्वविद्यालयका एक प्रोफेसरले च्याट जिपिटीलाई केही समयअघि एमबिएका लागि तयार गरिएको प्रश्नहरू सोधे। च्याट जिपिटी उक्त परीक्षामा पास भयो। विश्वभर यसरी सनसनी मच्याइरहेको च्याट जिपिटीलाई धरैले भविष्यमा काममा हुने सहजताका रूपमा हेरेका छन्।

उदाहरणका लागि कुनै वित्तीय संस्थाले च्याट जिपिटीको सहयोग लिएर ऋण आवेदनहरू अगाडि बढाउन सक्छ र सोही संस्थामा भएका अन्य जनशक्तिलाई अरू काममा लगाउन सक्छ। जसले गर्दा संस्थालाई फाइदा हुन पुग्छ।

तपाईंले माइक्रोसफ्टको वर्ड, एक्सेललगायत चलाउनु जान्नुभएको छैन र त्यसैका कारण अप्ठ्यारोमा पर्नुभएको छ भने पनि सहजै तपाईंको समस्या हल गर्ने बाटो देखाइदिन्छ। सोहीअनुसार काम गर्दा तपाईंलाई मद्दत पनि पुग्छ।

तपाईं कुनै सफ्टवेयर बनाउनुपर्नेछ भने च्याट जिपिटीले त्यसका कोड लेखिदिन सक्छ। हिसाबका गाह्रा सवालहरू ‘स्टेप बाइ स्टेप’ हल गर्न सक्छ।

च्याट जिपिटीका सबै कुराका सकारात्मक मात्र छैनन्।

च्याट जिपिटीको अत्याधिक प्रयोग गर्दा मानिसहरू टेक्नोलोजीमै पूर्ण रूपमा परनिर्भर त हुने होइन भन्ने प्रश्न खडा गरेको छ। त्यस्तै मानिसहरूको समालोचनात्मक टिप्पणी गर्ने चेत र समस्या हल गर्ने क्षमतामा कमी आउने त होइन भन्ने सवाल पनि उत्पन्न भएको छ।

त्यसो हुँदाहुँदै पनि यसले नेपाली भाषामा भने राम्ररी अनुवाद गर्न सक्दैन। यसले अंग्रेजी भाषामा सहजै सहयोग पुर्‍याउँछ।

यसको बढ्दो प्रयोगले मान्छेले गर्ने प्रायः जस्ता कामहरू च्याट जिपिटीले नै गरिदिए मान्छे धेरै बेरोजगार हुनुपर्ने हो कि भन्ने पनि प्रश्न उठ्न थालेको छ। *सेताेपाटीबाट