- Loading...
अन्नपूर्णको १६ औं गाउँसभामा थप दुई करोड बजेट प्रस्ताव
- पुनहिल डट कम
- २ साल अघि
- १७४ पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १६ औं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ ।
सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७्७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन छलफलका लागि प्रस्तुत र लेखा समिति गठनको प्रक्रीया शुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले गाउँसभा सदस्यहरुलाई प्रस्तुत बजेट, बिधेयक, योजना र प्रस्तावको अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराएर माघ २१ गते ११ बजेसम्मका लागि सभा स्थगित गरिएको बताए ।
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गत असारमा पारित भएका योजनामा थप भएको सहित ४९ वटा योजनाका लागि दुई करोड रपैयाँ अल्या बजेट बिनियोजन गरेको प्रस्ताव गरेकी छिन । गाउँपालिकाको जग्गा तथा भवन निर्माण योजनाका लागि थप ५० लाख रुपैयाँ प्रस्ताव गरिएकाे छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको ११ वटा योजनाका लागि बिनियोजन भएको ४९ लाख ६४ हजार रपैयाँ बजेट विनियाेजन गरिएकाे छ । पालिकाकाे हिउँदे अधिवेशनमा १७ वटा योजना तथा कार्यक्रम संसोधनका लागि पेश भएका छन् । गत असारको गाउँसभाले पारित गरेका १०७ वटा मध्य २८ वटा सम्झौता र ६ वटा सम्पन्न भएका छन् । दशैमा १२ वटा सडक मर्मतका लागि बजेट बिनियोजन भएकोमा आठ वटाको फरफारक भएको छ । ३ लाख रुपैयाँ भन्दा कम बजेटका योजनाहरु वडाबाट सम्झौता गरिएको छ ।
महभिर–हिस्तान–राम्चे–नागी ४२ किलोमिटर र घारखोला–नेपाने–पाउद्धार–घस्केखोरीया–स्वाँत–मुलपानी २० किलोमिटर सडक योजना ठेक्का प्रक्रियामा लगिएको दुई करोड पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । भुरुङ्ग–तातोपानी कुण्ड व्यवस्थापनको बहुवर्षीय ठेक्का आव्हानको तयारीमा रहेको, दोवाको मारकामा पालिका स्तरीय अस्पताल भवन निर्माण ९० प्रतिशत पुरा भएको उपाध्यक्ष तिलिजाले बताइन। चालु आर्थिक वर्षमा एक करोड ४५ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखिएको छ महिनाको अवधीमा एक करोड २८ लाख ८५ हजार रपैयाँ ४३१ संकलन भइसकेको छ । चालु आवमा कुल ४९ करोड ७३ लाख ३६ हजार रपैयाँ बजेट बिनियोजन भएकोमा २७.६४ प्रतिशत अथवा १३ करोड ७५ लाख १० हजार ४९१ रुपैयाँ खर्च भएको छ ।
सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले आर्थिक वर्ष २०७७/७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार पाँच करोड ६७ लाख ७८ हजार बेरुजु रहेको र लेखा समिति नहुँदा बेरुजु सम्परिक्षण गर्न समस्या भएको बताए । त्यसैगरी सभामा अन्नपूर्ण गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक–२०७९ टेबुल भएको प्रमुख प्रशासकीय अधिकृत पाैडेलले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
