- Loading...
पोखरा जहाज दुर्घटनामा अस्ताए पत्रकार त्रिभुवन पौडेल
- पुनहिल डट कम
- २ साल अघि
- १३३ पटक पढिएको

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको ७२ जना सवार यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका पौडेलको निधन भएको हो ।
पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा थिए । महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए । उनी प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष र गण्डकी प्रदेश इन्चार्ज हुन ।
संगठनको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार भएको उपलव्ध पदाधिकारी बैठकमा सहभागि भई पोखरा फर्कने क्रममा दुर्घटनामा पर्नुभएका पौडेल पोखरा हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक पनि हुन ।
पर्वतको कुश्मा नगरपालीका १० आर्थर डाडाखर्कमा जन्मनु भएका त्रिभुवन पौडेलको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल लगायतले शोक विज्ञप्ती प्रकाशित गरि दुख व्यक्त गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिका महासचिब सन्तोष गौतमद्धारा प्रकाशित विज्ञप्तीमा पौडेलको निधनले प्रेस सेन्टर र गण्डकी प्रदेशले मात्र नभई नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको उल्लेख गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
