- Loading...
गण्डकीमा एमाले संसदीय दलको नेतामा अधिकारी
- पुनहिल डट कम
- २ साल अघि
- १४९ पटक पढिएको

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलको नेता चयन भएका हुन् ।
दलको नेताका लागि खगराजको एकल उम्मेदवारी परेको पार्टी गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले जानकारी दिए । आइतबार बिहान १० बजे बसेको पार्टीको बैठकले निर्वाचन समिति गठन गरेको थियो ।
पार्टी प्रदेश सचिव दवाडीको अध्यक्षतामा गठन गरिएको निर्वाचन समितिको सदस्यमा पार्टीका उपसचिवद्वय मञ्जु अधिकारी र रश्मी आचार्य रहेका थिए । पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालको उपस्थितिमा बसेको बैठकले राष्ट्रिय राजनीति अनुकूल पार्टीको छलफलअनुसार नै खगराजको एकल उम्मेदवार परेको दवाडीले बताए ।
बैठक गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको थियो । बैठकपश्चात् निर्वाचन कार्यतालिमा सार्वजानिक गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
