FLASH NEWS
  • Loading...

नमस्ते सहकारी संस्थामा आगोलागी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०७ पटक पढिएको
नमस्ते सहकारी संस्थामा आगोलागी

म्याग्दीको सदरमुकाम स्थित बेनीको नमस्ते वहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा आगोलागी भएको छ ।

बेनी नगरपालिका, ८ क्याम्पसचोकमा रहेको नमस्ते वचत तथा ऋण सहकारीको  कार्यालयको कार्यालयमा शुक्रवार साँझ ८ बजे विधुत सर्ट भै आगोलागी भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

आगोलागीबाट सहकारी संस्थाको मुख्य सफ्टवयर भएको कम्प्युटर सहित कागजपत्र, अभिलेख, फर्नीचर मात्र जलेका छन । बन्द समयमा कार्यालयबाट गन्ध र पछि धुँवाको मुस्लो निक्लेपछि छिमेकीले कार्यालयको सटर फोडी आगो नियन्त्रण गरेका थिए ।

सुरुमा फरक वस्तु जलेको गन्ध आयो । के भयो भनि हेर्दा जोडिएको सहकारीको कार्यालयबाट धुँवा निक्लेको देखेपछि कसैलाई नसोधी सटरको चावी फोडेर भित्र छिर्यौं । अनि गेटको विजुलीको मेन स्वीच अफ गरी पानी हाली आगो निभायौं छिमेकी सगुन स्टेसनरीका ठाकुर शर्माले भने, ‘आगो लागेको देखेपछि प्रहरी, सहकारी संञ्चालकलाई खवरसँगै स्थानीयले पहिले आगो निभायौं ।

सहकारीको संञ्चालक नवराज पौडेलका अनुसार सहकारीको मुख्य सफ्टवेयर रहेको कम्प्युटर सहिट काउण्टर र महत्वपूर्ण कागजात जलेका भएपनि अनलाईन सिस्टम भएकोले सहकारीको प्रमुख डाटा काठमाण्डौको पूर्वी सफ्टवयर कम्पनीमा सुरक्षित हुन सक्छ । अहिले आसा मात्र गर्न सकिन्छ ।

प्रहरी घट्नास्थल पुगी क्षतिको विवरण संकलन गरिहेको छ ।