- Loading...
कास्कीमा मतपेटिका फुटाउने एक पक्राउ
- पुनहिल डट कम
- २ साल अघि
- ११९ पटक पढिएको

कास्कीको निर्वाचन-३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ को लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाउने एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा बहुमत पार्टीका इलाका समिति सदस्य सूर्य परियार रहेका छन् ।
निर्वाचन विरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य विथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभा अन्तर्गतको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए । उक्त केन्द्रमा एकसय मत खसेपछि उक्त घटना भएको हो । छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाइ प्याक गरिएको र मतदान कार्य सूचारु रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । ती मतपत्र पनि मान्य हुने गरी राखिएको उनले बताए ।
स्थानीयका अनुसार अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रको ३/४ सय मिटर नजिकसम्म सवारी साधनमा लैजानु पर्ने भन्दै सर्वदलीय छलफलले निर्णय गरेको थियो । तर एकजना सुरक्षाकर्मीले उक्त कुरा मान्य नहुने भनेपछि विवाद उत्पन्न भइ एजेन्ट लगायत सबैजना उक्त विवादतर्फ लागेका बेला परियारले मतपेटिका फुटाइदिएका थिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर खनालको टोली पुग्न लागेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् । *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
