- Loading...
मुस्ताङको मतदानस्थल हिँडेका कर्मचारी हिउँले बाटोमै रोकिए
- पुनहिल डट कम
- २ साल अघि
- १७८ पटक पढिएको

तस्वीर साैजन्य ः मुस्ताङ प्रहरी
मुस्ताङको एक मतदान केन्द्र हिँडेको मतदान अधिकृत सहितको टोली बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि रोकिएको छ । मुस्ताङ प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलका अनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न नसकेका हुन् ।
निर्वाचन कार्यालयका अनुसार उक्त मतदानस्थलमा ३५ मतदाता छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतहरुसहित २ सय ९६ जना कर्मचारीहरु आवश्यक मतदान सामग्री, सुरक्षाकर्मी मतदानस्थल पुगेका छन् । ‘हाम्रा सबै मतदान अधिकृत आवश्यक मतदान सामग्रीसहित तत मतदानस्थल पुगेका छन् । सबै तयारी पूरा भएको छ,’ मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले भने, ‘मतदानस्थल निर्माण र यता मतगणना स्थलको व्यवस्थापनका काम धमाधम भइरहेको छ ।’
प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदानमा भाग लिँदैछन् । निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार सबैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गत समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ जना र बढी थासाङ गापाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ५० मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा दुर्गम लोमन्थाङ गापाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्तिक्षेत्र गापा, छ साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता छन् । *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
