FLASH NEWS
  • Loading...

गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा ः कृषी, पर्यटन, जलविधुत प्राथमिकता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५२ पटक पढिएको
गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा ः कृषी, पर्यटन, जलविधुत प्राथमिकता

अासन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गठबन्धनले बुधबार अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।

चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनलाइ मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे ।

 

 

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले उत्तरी म्याग्दीको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता गर्दै भने,  कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा उत्तरी म्याग्दीको सम्भावनालाई संघीय सरकारबाट नियमित बजेटको आवश्यकता छ ।

सभालाई प्रदेशसभा निर्वाचन क्षेत्र (१)का उम्मेदवार हरि भण्डारीले भने, ‘हरेक बस्तीमा पुग्दा मतदाताको गुनासो र आवश्यकतालाई हामीले संकलन गरेका छौ, त्यहीबाट निर्वाचनमा विजय भएपछि कामको सुरुवात गर्नेछौ ।