FLASH NEWS
  • Loading...

एमालेकाे रघुगंङ्गाकाे झिं, पाखापानी र मालिकाकाे निस्काेटमा चुनावी सभा ः कृषीलाइ ब्यवसायीकरण र यात्रीकरण गर्ने प्रतिवद्धता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७१ पटक पढिएको
एमालेकाे रघुगंङ्गाकाे झिं, पाखापानी र मालिकाकाे निस्काेटमा चुनावी सभा ः कृषीलाइ ब्यवसायीकरण र यात्रीकरण गर्ने प्रतिवद्धता

नेकपा एमालेका प्रतिनिधी सभा सदस्य हरीकृष्ण श्रेष्ठ तथा प्रदेश सभा सदस्य क्षेत्र १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले बुधवार रघुगंगा गाउँपालिकाकाे झीं तथा पाखापानीमा चुनाव प्रचार प्रशार कार्यक्रम गरेका छन । त्यस्तै बुधवार नै एमालेका प्रतिनिधी सभा सदस्य हरीकृष्ण श्रेष्ठ तथा प्रदेश सभा सदस्य क्षेत्र २ का उम्मेदवार याम गर्वुजाले मालिका गाउँपालिका, १ निस्काेटमा चुनावी सभा अायाेजना गरेका छन ।

चुनावी सभाहरूमा उम्मेदवार त्रयले कृषि क्षेत्रमा लगानी बढाउने, कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणको अभियान चलाउने, कृषि पेसालाई मर्यादित पेसाको रूपमा विकास गर्ने, कृषी क्षेत्रलाइ अार्थीक बृद्धी, राेजगारी सृजनाकाे माध्यम बनाउने, सुपथ मलविउ र उचित सिंचाइ सुविधा गराउने, कृषककाे वारीमै कृषी प्राविधिक पुराउने गरी काम गर्ने बताए ।

त्यस्तै,  सबै स्थानीय तहमा कोल्डस्टोरेज र गोदाम सविुधा,  उत्पादित कृषी उपजकाे सुरक्षाकालागी कृषी विमा, कृषीमा लगानी दाेब्बर बनाउने, कृषी उत्पादनकाे निश्चित मुनाफासहित समर्थन मुल्य ताेक्ने, प्रमखु खाद्य बालीहरू धान, मकै , गहुँ, फापर, तरकारी र फलफूल तथा दध, ू अण्डा, मासु, माछा र पश–ुपन्छीका उत्पादनमा आत्मनिर्भर बनाइन याेजना ल्याउने पनि एमाले उम्मेदवारले मतदातासँग प्रतिवद्धता गरे ।

 

अर्गानिक वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिने, अर्गानिक खेतीका फर्मसँगैइको टुरिजम समेतको प्रवर्द्धन गरी कृषकको आय वद्धि ृ गर्न थप सहयोगका कार्यक्रम ल्याइने,  उच्च पहाडी क्षेत्रमा भेँडा, मध्य क्षेत्रमा भैँसी, भेँडा, बाख्रा, बङ्गर,ु कुखरा, ु अस्ट्रिचलगायतका पशपुन्छी पालनका लागि कृषक तथा युवा
उद्यमीहरूलाई सहुलियत दरमा ऋण र प्रविधि उपलब्ध गराइने प्रदेश सभा सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठले बताए ।