- Loading...
निर्वाचनलाइ कर्मचारी खटाउँदा असमान व्यवहार गरेको गुनासो
- पुनहिल डट कम
- २ साल अघि
- २२५ पटक पढिएको

अासन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते मतदान सम्पन्न गर्न मतदान अधिधकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी खटन पटन गर्दा सरकार अनुकुल परिचान गरिएकाे गुनासाे बढेकाे छ ।
समान पद र हैसियतका अधिकृतहरूलाइ कसैलाइ मतदान अधिकृत खटाइएकाे, कसैलाइ सहायक मतदान अधिकृतमा झारिएकाे र कसैलाइ नखटाइएकाे, कर्मचारी खटनपटन गर्दा सत्तागठवन्धनकाे अनुकुल हुनेगरी गरिएकाे भन्दै कतिपय अधिकृत र कर्मचारीले मतदानमा नखटिने भन्दै नाम फिर्ता गरेकाे बताएका छन । निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा जिल्ला प्रशासन र सहायक निर्वाचन अधिकृतको मिलेमतोमा कर्मचारी परिचालन गरिएकाे अाराेप लागेकाे हाे ।
कर्मचारी खटनपटन गर्दा जिल्ला प्रशासन कार्यालयले राजनीतिक आस्था र विचारका आधारमा विभेदपूर्ण व्यवहार गरेको एक कर्मचारीले बताए । अधिकृत स्तरको कर्मचारीलाई सहायक मतदान अधिकृत र नासू स्तरको कर्मचारीलाई मतदान अधिकृत बनाइएको र त्याे पनि गठवन्धनका उम्मेदवारकाे अनुकल र प्रतिकुल भनी विष्लेशणा गरी साेही अनुसार कर्मचारी सेटिङ भएकाे ति कर्मचारीकाे अाराेप छ ।
प्रशासनले कर्मचारीहरु छनाैट गर्दा गत साउनमा सेवा निवृत्त भएका,सुत्केरी तथा असाधारण विदामा वसेका कर्मचारी समेतलाई निर्वाचनमा छनौंट गरेर जिल्ला प्रशासनले लापरबाही गरेको पाइएको ति कर्मचारीले अाराेप लगाए । तर सेवा निवृत्त कर्मचारी काे हुन स्वतन्त्र पुष्टी हुनेगरी खुलाएनन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार म्याग्दीका एकसय २० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण सार्वजनिक गरेको थियो । विवरण सार्वजनिक भएसँगै कतिपय कर्मचारीहरु असन्तुष्ट हुँदै निर्वाचनमा नजाने भन्दै नाम कटाउन निवेदन बुझाएका छन् ।
यता सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले शिक्षक खटाउँदा अलिअलि गुनासाे अाएकाे बताएपनि समस्या शिक्षककाे नभै निजामती कर्मचारी अझ शाखा अधिकृतहरूले नै विभेदकाे गुनासाे गरेका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
