FLASH NEWS
  • Loading...

गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५३ पटक पढिएको
गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह

मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ ।

मङ्गलवार बेनी नगरपालिका–९ घतान र १० नम्बर वडा पात्लेखेत चुनावी सभा एमालेका प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान गर्न र जिल्लाको विकासमा आवश्यक भूमिका खेल्न आफू उम्मेदवारको रुपमा चुनावी मैदानमा आएको दावी गरे । जिल्लाकाे शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकास गर्ने उद्देश्यसहित निर्वाचनमा उठेको दावी सहित अाम मतदातालाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन आग्रह गरे।

उम्मेदवार श्रेष्ठले ताेरीपानी, पात्खेखेत, झीं, पाखापानी, ठाडाखानी, कुइने समेत माथील्लाे वस्ती जाेड्ने बेनी-पाखापानी सडकमा पटक पटक काँग्रेस अावद्ध नेताले ठेक्का लिने, विचमा अलपत्र पार्ने, गुणस्तरहीन काम गर्ने र कारवाही गर्दा उल्टाे सेटिङमा मुद्धा मामिलागरी दुखदिएकाे बताउँदै, बेनी–दरवाङ सडकमा काँग्रेसकै नेताले ठेक्का लिएर अलपत्र पारेपछि एमालेका युवाले कालाे ब्यानर राखेर विराेध गरेपछि पीच गर्न सुरू भएकाे, बेनी अस्पताल भवन अलपत्र पार्ने काम पनि काँग्रेसकै नेता हुन, एमालेले चेाक चाेकमा फाेटाे राखेर छिटाे काम गर्न दवाव दियाे तर गठवन्धनले माैन समर्थन गरेकाेले ठेकदार अझै काममा नफर्केकाे दावी गरे ।

चुनावी सभालाइ प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले राष्ट्रियताको सवालमा र देशको समग्र क्षेत्रको विकासमा एमालेको स्पष्ट भिजन रहेको बताउँदै आउँदो निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आह्वान गरे । केसीले यस अघी जनप्रतिनिधिको हिसाबले जिल्लालाई नजिकबाट बुझ्नुका साथै जिल्लाको विकास निर्माणमा आवश्यक पहल गरेको बताउँदै थप विकासमा जनतासँग हातेमालो र विकास गर्नेगरी पुनः चुनावी मैदानमा आएको बताए ।