- Loading...
निर्वाचनका लागि म्याग्दीमा झण्डै ११ सय कर्मचारी परिचालन
- पुनहिल डट कम
- २ साल अघि
- २१९ पटक पढिएको

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट ११ सय जना कर्मचारी परिचालन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको सूचीअनुसार सो संख्यामा कर्मचारी परिचालन गरेको हो ।
जिल्लामा रहेको ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्रका लागि करिव १ हजार १ सय कर्मचारी परिचानल गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए । “शिक्षक र कर्मचारी मतदान केन्द्रका लागि छनोट गरिएको छ” उनले भने, “एक मतदान केन्द्रमा ४ जना देखि ८ जना कर्मचारी परिचालन गरिएको छ ।”
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय २० मतदान अधिकृत, एक सय २० सहायक मतदान अधिकृत सहित सहायक कर्मचारी र सहयोगी कर्मचारी मतदान केन्द्रका लागि छनोट गरिएको छ। मतदान केन्द्रमा छनोट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ दूई दिनको निर्वाचन सम्वन्धी तालिम दिईने सहायक निर्वाचन अधिकृत पौडेलले बताए । मतदान केन्द्रमा खटिएका कर्मचारी मंसिर १ गतेसम्म पुगिसक्नुपर्ने छ ।
जिल्ला सुरक्षा समितिले म्याग्दीका ८२ मतदानस्थलमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ लाई संवेदनशील र नौवटालाई सामान्य समूहमा राखेर योजना बनाएको नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभएको छ । निर्वाचनका लागि ७ सय ३२ जना म्यादी प्रहरी परिचालन छन् ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेका छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् भने मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
