- Loading...
बेनी-जोमसोम कोरोला सडक योजनामा पर्ने ३ वटा खण्डको ठेक्का तोडिँदै, अब प्रक्रिया नयाँ
- पुनहिल डट कम
- २ साल अघि
- २७४ पटक पढिएको

कालीगण्डकी करिडोरमा अन्तर्गतको बेनी-जोमसोम कोरोला सडक योजनामा पर्ने ३ वटा खण्डको ठेक्का तोडिने भएको छ। ठेक्का ओगटेर निर्माण कम्पनीले काम नगरेपछि तोडेर नयाँ प्रक्रियामा जाने तयारी भएको हो।
बेनी-जोमसोम कोरोला सडक योजना कार्यालयले यसबारे मंगलबार सूचना जारी गरेको छ। सम्झौताअनुसार सडक निर्माणको काम सम्पन्न नगरेकासँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।
ठेक्का तोड्न लागिएका कम्पनीमा तामाङ-गौरी पर्वत कोशी एण्ड न्यौपाने जेभी, पप्पु गौरी पर्वत कोशी न्यौपाने जेभी र रौता आतर्या सारस जेभी छन्। झैतेदेखि कोरोलासम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा तामाङ गौरी पर्वत कोशी एण्ड न्यौपाने जेभीले पाएको थियो।
यस्तै पप्पु गौरी पर्वत कोशी न्यौपाने जेभीले घाँसादेखि जोमसोमसम्मको १८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको थियो। यसैगरी जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा रौता आतर्या सारस जेभीले पाएको थियो।
यी निर्माण कम्पनीहरुसँग आयोजनाले ठेक्का तोड्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। यसका साथै आयोजनाले ठेक्का नतोड्ने केही कारण भए निर्माण कम्पनीहरुलाई ७ दिनभित्र स्पष्टीकरण तथा कारण पेस गर्न भनेको छ।
बेनी जोमसोम-कोरला ११० किलोमिटर सडकलाई सात खण्डमा विभाजन गरी काम शुरु भएको थियो। सडकको दुई पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद असारमा सकिँदै छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
