- Loading...
एमालेको चुनावी सभा अर्मन र रत्नेचौरमा
- पुनहिल डट कम
- २ साल अघि
- ३४५ पटक पढिएको

एमालेबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा क्षेत्र २ का उम्मेदवार यामबहादुर गुर्वुजाले सोमबार मंगला गाउापालिकाको बरंजा र अर्मनमा चुनावी सभा गरेका छन ।
एमालेले सार्वजनिक गरेको चुनावी घोषणा पत्र कार्यान्वयन गराउन र जिल्लामा नयाा रोजगारी सृजना गर्ने र आर्थिक विकासका योजनाहरु संञ्चालन गर्न एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गरे ।
त्यसैगरी एमालेबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा क्षेत्र १ का उम्मेदवारले सोमबार नै बेनी नगरपालिका, १ रत्नेचौरको सारेमारे, रत्नेचौर र अर्जममा छुटटा छुटटै चुनावी सभा आयोजना गरे ।
‘जहिले जहिले एमालेको नेतृत्वमा सरकार बनेको छ चाहे त्यो ०५१ सालको एमाले सरकारले ल्याएको बृद्धभत्ता र गाउामा तीन लाख पठाउने कार्यक्रम होस वा ०७४ सालमा ओली सरकारको पालामा आएको जेष्ठनागरिकलाई निशुल्क उपचार, मुटु, कलेजो, क्यान्सर, मृगौला समेत जटिल रोगहरुको निशुल्क उपचार गर्ने, गरिव र विपन्नकालागी श्वास्थ्य विमा कार्यक्रम समेत सामाजिक सुरक्षा कार्यक्रमहरु जस्ता लोककल्याणकारी कार्यक्रम जनताले सवै देखेका, भोगेका छन । कुन पार्टीको नारा र कार्यक्रम कस्ता सवैले बुझेका छन’ एमालेका प्रतिनिधी सभा सदस्य हरीकृष्ण श्रेष्ठले भने, ‘बेनी–दरवाङ सडक कालोपत्रे गर्ने काम भेरै वर्ष अलपत्र पार्ने काम कााग्रेसका साासदले गरे, एमालेका युवाले फोटो राखेर विरोध गरेपछि अहिले कालोपत्रे भएको छ । बेनी अस्पताल पनि कााग्रेसका नेताले ठेक्का लिएर अलपत्र पारेका हुन । एमालेले चोक चोकमा ठेकदारको फोटो राखेर विरोध गरेको छ तर कााग्रेस, माओवादीले योजना छिटो सम्पन्न गर्न कतै दवाव दिएको छ । को विकासको पक्षधर को विरोधी जनताले ब्यवहारमै देखेका छन, कतिन्जेल ढााट्न सकिन्छ र ? हाम्रो र विपक्षी उम्मेदवारको विगत हेरेर भोट दिनुस, छुट्टा आश्वासनमा नफस्नुस ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
