FLASH NEWS
  • Loading...

गठवन्धनको मल्कवाङ, मराङ, विम र दरवाङमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४१ पटक पढिएको
गठवन्धनको मल्कवाङ, मराङ, विम र दरवाङमा चुनावी सभा

गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार खमवीर गर्वुजा र प्रदेश सभा क्षेत्र २ का उम्मेदवार रेशम जुग्जालीले सोमबार धवलागिरी गाउापालिका, ५ मल्कवाङ, ६ मराङ, मालिका गापा, ७ विम र ६ दरवाङ वजारमा चुनावी सभा गरेका छन ।
धवलागिरी र मालिका गाउापालिकाका विभिन्न वस्तीमा आयोजित गठवन्धनको चुनावी सभाका वक्ताहरुले बेनी–दरवाङ सडक कालोपत्रे हुन नसकेको विषयलाई प्राथमिकतापूर्वक उठाए ।
प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबीर गर्वुजाले अधिकांश मन्तब्यमा आफु पटक–पटक चुनाव हारेपनि हिम्मत नहारेको भन्दै सवै तीर गठवन्धनको चर्चा रहेको र गठवन्धन कसिलो भएकोले चुनाव जित्ने दावी गरे ।