- Loading...
मुस्ताङ निर्वाचन ः बाबुपछि अव छोरासँग प्रतिस्पर्धा
- पुनहिल डट कम
- २ साल अघि
- २८७ पटक पढिएको
मुस्ताङको निर्वाचनमा यस पटकको पनि भौगोलिक रुपमा छिमेकी राजनैतिक रुपमा चीरपरिचित प्रतिद्वन्द्वी विच नै मुख्य प्रतिस्पर्धा हुँदैछ ।
६१ बर्षिय प्रेमप्रसाद तुलाचन र २९ बर्षिय योगेश गौचन । तुलाचन एमालेबाट र काँग्रेस गौचन गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार छन । थासाङ गाउँपालिका, ३ लेते बेनी–जोमसोम सडकमाथी तुलाचनको र सडकमुनी गौचनको घर/होटल छन । दुवै उम्मेदवार छिमेकी हुन ।
०७४ सालमा मुस्ताङ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा निर्वाचनमा काँग्रेसका रोमी गौचनलाई झिनोमतान्तरले पराजित गरी एमालेबाट प्रेमप्रसाद तुलाचन विजयी भए । यस पटक भने काँग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनले आफु पछाडी सरेर छोरा योगेशलाई तुलाचनसँग भिडाएका छन ।
०७० साल अघिसम्म मुस्ताङमा काँग्रेसको दवदबा थियो । रोमी गौचनले ०५६ र ०७० सालको संविधान सभामा निर्वाचित भएका थिए । तर सामाजिक, आर्थिक हैसियतमा बर्षोदेखी टकरावमा रहेका रोमीले सँधै किनारामा राख्न खोजेपछि काँग्रेस मुस्ताङको कोषाध्यक्ष रहेका प्रेम तुलाचन ०७४ साउन १८ गते एमाले प्रवेश गरे । र निर्वाचन जिते, मुस्ताङमा एमालेलाई विजयी बनाए ।
०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा प्रतिद्वन्द्वी रोमी गौचनलाई ४ सय ८५ मतले पराजित गरेका तुलाचनकालागी ३२ बर्ष कान्छा उम्मेदवार फलामका च्युरा बन्न सक्छन । ०७४ मा तुलाचनले ३ हजार ३ सय १७ र निकटतम प्रतिद्वन्द्वी गौचनले २ हजार ८ सय ३२ मत पाएका थिए । गत स्थानीय निर्वाचनको मतपरिणाम अनुसार हेर्दा ५ पालिकामध्य ४ अध्यक्ष जितेको एमालेले १ हजार ३५ र तीन उपाध्यक्षको मत हेर्दा ४ सय ८४ मत बढी छ । तर प्रतिकुल मौषम, शहरी मतदाता रिजाउन सक्ने र मौषमी मतदाता फर्काउने क्षमताले निर्वाचन मतपरिणाम निर्भर हुने छ ।
‘चुनाैती सामना चुनावमा उत्रेने हाे । चुनाव जित्ने नै अांकलन गरेकाे छु । तर वेंशी झरेका मतदाता कति फर्काउन सकिन्छले मतपरिणामकाे अन्तर निर्भर रहन्छ’ एमाले उम्मेदवार तुलाचनले भने, ‘स्थानीय तह निर्वाचनकाे ताजा मत र एकमत, एक ढिक्का भै पार्टी चुनावी मैदानमा अाेर्लेकाेले मत परिणाम मेराे पक्षमै रहन्छ ।’
अघिल्लो निर्वाचनमा परिचित पारिवारिक, राजनैतिक, आर्थिक, सामाजिक प्रतिद्वन्द्वी रहेका तुलाचलले खोसेको बाबुको विरासत फिर्ता गर्न र बाबुको ‘विंडो’ थाम्न राजनितीमा होमिएका अविवाहित योगेशकालागी राजनितीमा अनुभवी खेलाडीलाई पछार्न उत्तिकै हम्मे पर्ने देखिन्छ ।
दुवै प्रतिस्पर्धी उम्मेदवारकालागी चुनाव जित्न निर्णायक भनेका शहरमा ब्यवसाय गर्ने मतदाता र जाडो छल्न वेंशी झरेका घुम्ती मतदाता हुन । जस्ले शहरबाट धेरै मतदाता मतदानस्थल पुर्याउँछ, चुनावको पल्लाभारी उसैको पक्षमा पर्न सक्छ ।
‘यसपाला सवैले मलाई भन्दा छोरा योगेशलाई रोजे । मैले त दलित समुदायबाट उम्मेदवार बनाउन चाहना थियो तर युवा उम्मेदवार चाहिन्छ भन्ने भएपछि योगेशलाई अगाडी सारिएको हो’ उम्मेदवार याेगेशले फाेन नउठाएपछि बाबु रोमी गौचनले फाेनमा भने, ‘गठवन्धन भएकोले चुनाव जित्न सहज हुने ठानेको छु ।’