FLASH NEWS
  • Loading...

एमालेका उम्मेदवार मंगलामा र गठवन्धनका उम्मेद्वार रघुगंगाका मतदाता भेट्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६३ पटक पढिएको
एमालेका उम्मेदवार मंगलामा र गठवन्धनका उम्मेद्वार रघुगंगाका मतदाता भेट्दै

नेकपा एमाले म्याग्दीको आज (सोमबार) मंगला गाउापालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट छ ।
आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेला, घरदैलो र मतदाता भेटघाट गरिएको एमाले म्याग्दीले जनाएकाे छ।
घरदैलो तथा मतदाता भेटघाटको क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू र एमालेको पक्षमा मतदान गरी विजयी बनाउन मतदातासंग अाग्रह गरे । जिल्लाको विकास र समृद्धिको योजनासहित आफू चुनावमा होमिएको बताउँदै जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, यातायात र कृषिमा आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने एजेण्डा रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद नरदेवी पुनले यसअघि आफू प्रदेशको सामाजिक विकास मन्त्री हुादा म्याग्दीको शैक्षिक तथा पूर्वाधार विकास निर्माणमा पर्याप्त बजेट विनियोजन गरेको बताउँदै समग्र जिल्लाको विकासका लागि एमालेलाई मतदान गरी विजयी बनाउनुपर्ने दावी गरिन । पुनले एमाले नेतृत्वको सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयनको जग बसालेको भन्दै आर्थिक समृद्धि र विकास निर्माणलाई पूर्णता दिनका लागि एमाले र एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई अनुरोध गरिन ।

त्यस्तै, एमाले प्रदेश सभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल समेतकाे टाेली अन्नपुर्ण गापाकाे नारच्याङ क्षेत्रका मतदाताकाे घरदैलाे कार्यक्रममा रहेकाे जनाएकाे छ । टाेलीमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुबास बि.क सहित अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल समेत नेता कार्यकर्ता मतदाता भेटघाट तथा मत माग्दै हिंडेका छन ।

त्यसैगरी, गठबन्धनका काँग्रेस र माओवादी केन्द्का उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कााग्रेसका खमबहादुर गर्वुजा र प्रदेश सभा सदस्य पदका उम्मेदवार माकेका हरि भण्डारीको टोलीले रघुगंगा – ३ को दुलेपानी, मालिका, अक्षेता, कलेजाबाङ, फुलवारी र मौवाफाँटका मतदाताकाे भेट्न घरदैलाे गरेका हुन ।  पिप्लेका मतदातासंग उम्मेदवार गर्वुजाले म्याग्दीको बिकासलाई गति दिन र विकास मार्फत आम नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउन बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गरेका छन ।

कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने दावी गरे ।  टोलीमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिब केसी, जिल्ला सदस्य सम्झना परियार, माओवादी केन्द्रका रिम कटुवाल, चिना हमालसमेत सहभागी छन ।