FLASH NEWS
  • Loading...

एमाले उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण माग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२२ पटक पढिएको
एमाले उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण माग

आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता प्रभावित बनाउन म्याग्दीमा एमालेका उम्मेदवारद्वय हरीकृष्ण श्रेष्ठ र यामबहादुर गर्वुजालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घन्टे स्पस्टिकर सोधेको छ ।
प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला उपसभापति केवी भण्डारीले उम्मेदवारद्वय श्रेष्ठ र गर्वुजा विरुद्ध निर्वाचन आचार संहिता विपरित एमालेका उम्मेदवारहरुले मालिका गाउँपालिका, ३ रुममा चामल वितरण गरेको र युवा क्लवलाई १० हजार चन्दा दिएको भन्दै उजुरी दिएका थिए ।
निर्वाचन आचार संहिता उल्लङघन सम्बन्धी उजुरीपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आरोपित उम्मेदवारलाई सोमबार २४ घन्टे स्पष्टिकरण सोधेको हो ।
‘मतदाता प्रभावित बनाउन चामल र रकम बाँडेको भन्ने उजुरी परेको थियो । आरोपितसँग स्पष्टीकरण सोध्ने निर्णय भएको अनुसार पत्र बुझाएका छौं’ आचार संहिता अनुगमन समितिका अध्यक्ष समेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख रामभक्त रानाभाटले भने, ‘दुवै उम्मेदवारको पत्र प्रतिनिधी मार्फत बुझाएका छौं ।’