FLASH NEWS
  • Loading...

एमालेको उम्मेदवारसहित अर्थुङ्गे र ताकममा घरदैलाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९७ पटक पढिएको
एमालेको उम्मेदवारसहित अर्थुङ्गे र ताकममा घरदैलाे

एमालेको अर्थुङ्गे र ताकममा उम्मेदवारसहित मतदाता भेटघाट म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा आज (मङ्गलवार) नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरिएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले अर्थुङ्गेको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरेको हो । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभाका उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमालेका नेता, कार्यकर्ताको टोलीले घरदैलो कार्यक्रम गरेर मतदाता भेटघाट गरेको एमाले म्याग्दीले जनाएको छ।

अर्थुङ्गेको राहुवडा, जामुनाखर्क र रिठाबोटलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदातालाई घरघरमा पुगेर भेटघाट गर्नुका साथै घरदैलो गरिएको थियो । घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटको क्रममा एमालेका प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन तथा जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, खेलकुद र जनताको आधारभूत आवश्यकता पुरा गर्न आफू उम्मेदवार बनेको बताउँदै मत मागेका छन ।

एमाले नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरी नेपाललाई समुन्द्रसँग जोडेको, नेपालको गुमेको भू–भाग नक्सामा समावेश गरी नयाँ चुच्चे नक्सा जारी गरेको सडक, विद्युत, अस्पताल, विद्यालयलगायत थुप्रै काम गरेको बताउँदै थप काम गर्ने अवसर दिनुपर्ने बताए।

प्रदेशसभा (क)का उम्मेदवार क्षत्रीले आफू यसअघि २०५४ साल र ०७४ सालमा जनप्रतिनिधि बनेर जनताको समस्यालाई नजिकबाट बुझेर काम गरेको हुँदा यसअघि बाँकी रहेका कामहरु पुरा गर्ने अनुभव रहेकाे उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि आउँदो निर्वाचनमा एमाले र एमालेका उम्मेदवारको पक्षमा मतदान गर्न अनुराेध गरे

त्यसैगरी  एमाले प्रदेश सभा (ख)अन्तर्गत धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा ताकममा पनि घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मतदातालाई भेटघाटको क्रममा प्रदेशसभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजाले जिल्लाको स्रोतसाधन परिचालन गरी स्वदेशमै युवा स्वरोजगार सिर्जना गर्न तथा मानव पुँजीको विकासका लागि नेकपा एमालेको पक्षमा मतदान गर्न अाग्रह गरे । उम्मेदवार गर्बुजासहित एमाले म्याग्दीका जिल्ला उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, जिल्ला कमिटी सदस्य प्रगति कार्की तथा स्थानीय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।