- Loading...
वेंशी झरे मुस्ताङका मतदाता, न्यन मतदान हुने आशंका
- पुनहिल डट कम
- २ साल अघि
- ४१० पटक पढिएको

चिसो बढेसँगै हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगका अधिकांश मतदाता जाडो छल्न र घुम्ती ब्यापारकालागी वेंशी झरिसकेका छन ।
लोमन्थाङ, लोघेकर–दामोदरकुण्ड तथा वारागाउँमुक्ति क्षेत्र गाउँपालिकाको उपल्लो क्षेत्रका मतदाता घुम्ती ब्यापार र जाडो छल्न धमाधम वेंशी झरिरहेका छन । धेरै ब्यापारीहरु त भारतका विभिन्न सहरमा पुगी सके । हिउँदका ५ महिना मुस्ताङको उपल्लो थलोका बासिन्दाकालागी घुम्ती ब्यापार गर्ने र मनग्य आम्दानी गर्ने गतिलो अवसर पनि हो ।
जाडो छल्न मतदाता शहर र भारत समेत पुग्ने भएकोले आसन्न आम निर्वाचनमा मुस्ताङमा न्युन मतदान हुने आशंका बढेको छ । शहरमा र भारतका पनि विभिन्न क्षेत्रमा पुगेका मुस्ताङ्गी मतदातालाई त्यहाँ भैरहेको राम्रो कमाई छोडेर मतदानकालागी मतदान स्थलमा ल्याउन राज्यको प्रयत्न नहुने भएकोले उम्मेदवारकालागी ठूलो चुनौति हुने छ ।
मुस्ताङको उपल्लो भेगमा पर्ने लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार उपल्लो मुस्ताङका ६० प्रतिशत मतदाता घुम्ती ब्यापारकालागी पोखरा, काठमाण्डौ र भारतका विभिन्न शहरमा पुगीसकेका छन । केही जाँदैछन ।
अध्यक्ष विष्टका अनुसार हिउँदका चिसो समयमा मुस्ताङगीहरु घुम्ती ब्यापारकालागी भारतको बानरस, अछाम, हिमाञ्चल प्रदेश र नागाल्याण्ड, दिल्ली, बानारस समेतका शहर पुग्ने गर्छन । भारतको देहरादुनमा मुस्ताङ्गीलाई लक्षित गरी आयोजना गरिएको शान्ति पुजामा सहभागी हुन पनि अधिकांश मुस्ताङी असोजमै वेंशी झरेका हुन ।
‘भारत पुगेका मुस्ताङ्गका मतदातालाई चुनावमा फर्काउन सजिलो छैन । उम्मेदवारले शहर झरेका मतदाता फर्काउने प्रयास त गर्लान तर ब्यापारको मुख्य सिजन हुने भएकोले शहर झरेकामध्य मुस्किलले २० फर्काउन सक्छन’ गापा अध्यक्ष विष्टले भने, ‘माथी चिसो ह्वात्तै बढेको छ । हिमपातको सिजन भएकोले सहरमा सुरक्षित बुढाबुढीलाई भोट हाल्न मतदान केन्द्रमा कसरी लैजाने समस्या हुन्छ । काठमाण्डौ र पोखरा वरपरका वस्तीमा घुम्ती ब्यापार गर्नेलाई कन्भिन्स गर्न सके फर्कन सक्छन ।’
माथिल्लो मुस्ताङका मात्र होईन, मुस्ताङको तल्लो भेगका पनि अधिकांश मतदाता पोखरा, काठमाण्डौ लगाएका शहरमा बस्छन । मुस्ताङका मतदाता भएपनि उनीहरु सहरमा ब्यवसाय गरी बस्छन । निर्वाचनका वेला उम्मेदवारले ब्यवस्था गरेका गाडीमा गाउँ फर्कन्छन । उम्मेदवारकालगी शहरका मतदाता महंगा तर निर्णायक हुन्छन ।
एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिका प्रदेश निर्वाचन क्षेत्र १ र तल्लो भेगमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रदेश निर्वाचन क्षेत्र २ मा पर्छन । खेती थन्क्याउने र पर्यटन सिजन भएकोले तल्लो भेगका मतदाता भने अझै बेंसी भरेका छैनन ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार १० हजार ९ सय ५७ जना मतदाता रहेका छन । स्थानीय निर्वाचनपछि ४ सय ७२ जना मतदाता थपिएका छन ।
मुस्ताङमा ३८ वटा मतदात केन्द्र रहेका छन । त्यसमध्य सवैभन्दा कम वारागुङ मुक्तिक्षेत्र गापा अन्र्तरगत समर आधारभुत विद्यालय मतदान केनद्रमा ३४ जना र सवैभन्दाबढी थासाङ गापाको जनआदर्श मावि कोवाङमा ६ सय ४० जना मतदाता रहेका छन । मुस्ताङको सवैभन्दा दुर्गम सम्जोङ मतदान केन्द्रमा ६१ र साङतामा ३५ जना मात्र मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मदन अर्यालले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
