- Loading...
कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने
- पुनहिल डट कम
- २ साल अघि
- ३२४ पटक पढिएको

कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ ।
शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ : ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
सूर्यग्रहण लाग्न निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :
सूर्यग्रहण लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ ।
ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखाशं क्रमश : राहु र केतुको नजिकमा हुनु पर्दछ ।
त्यस्तै चन्द्रमाको अक्षाशं शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।
यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो (सूर्याेदयदेखि सूर्यास्तसम्म) को समयमा मत्र हुन सक्दछ ।
सुर्यग्रहण तीन किसिमका हुन्छन् :
१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण)
चन्द्रमाले पृथ्वीको भू–भागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन, संसार अन्धकारमय हुन्छ, त्यहाँ रात परेझैँ भान हुन्छ र आकाशमा ताराहरु देखिन थाल्छन् ।
२. आंशिक सूर्यग्रहण (खण्डग्रास, सूर्यग्रहण )
पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।
३. वलय सूर्यग्रहण
वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सुर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको मध्य भागमात्र चन्द्रमाको छायाक्षेत्रमा आउँछ । सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहण
मत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एंव तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरुप स्वर्भानु नाम गरेका एउटाा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुन्द्रमन्थनपछि अमृत वितरणका समयमा देत्यगुरु शुव्रmाचार्यले गुप्तचरका रुपमा स्वर्भानुलाई देवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरुलाई पङ्क्तिबद्ध राखेर मोहिनी रुपमा भगवान विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परम भक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रुपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रुप धारण गरी सूर्य र चन्द्रमाको बीचमा देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।
राहु र केतु
अमृतपान गरेको स्वर्भानुले अमरत्व प्राप्त गर्याे । तर उसले अमृतपान गरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइ दिए । आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले एक पटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रुपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
