FLASH NEWS
  • Loading...

आचार संहिता कडाईले चुनावी माहोल सुनसान, उम्मेदवार कोठे भेला र वैठकमै सिमित

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७५ पटक पढिएको
आचार संहिता कडाईले चुनावी माहोल सुनसान, उम्मेदवार कोठे भेला र वैठकमै सिमित

अघिल्ला चुनावहरुमा उम्मेदवारका पोष्टर, पम्ल्पेट, तुल, ब्यानरले रंगिन हुने चोक, गल्ली तथा वस्तीमा चर्को स्वरुमा बजाईने माईकिङ्ग नहुँदा सदरमुकाम बेनीका ब्यापारी सन्देश खत्रीलाई चुनाव आए जस्तै लागेको छैन ।
आसन्न प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा अघिल्ला निर्वाचन जस्तो तडक–भडक र कोलाहल छैन । ५ महिना अघिसम्पन्न स्थानिय तह निर्वाचनमा देखिएको चुनावी तडक–भडक नदेखिँदा मतदाता चुनावको पत्तो हराए जस्तै भएको छ । निर्वाचन आचार संहिताको कडाईपछि दलहरुले चुनावी प्रचार शैली फेरिएको छ । सडक, चोक गल्लीमा रंगिन पोस्टर, तुल, ब्यानर झुण्डाईएको छैन ।
‘चुनाव आयो भन्छन तर खै सुनसान छ । पहिला जस्तो उम्मेदवारको फोटा पनि छैनन, अहिले त चुनाव आएको न आएको पत्तै छैन’ मंगला गाउँपालिका, २ बाबियाचौरकी ६६ बर्षिया कौसला छन्त्यालले भनिन्, ‘कामको ब्यस्तताले हो कि कुनै पार्टीका मान्छे भोट माग्न पनि आएका छैनन ।’
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारको समयावधि १५ दिनमा सीमित गरिदिएपछि चुनावी माहौल सुनसाद देखिएपनि दल र उम्मेदवार भित्र भित्र चुनावी अभियानमा जुटेका छन । उम्मेदवारहरु खुल्ला चुनावी कार्यक्रम भन्दा आन्तरिक ब्यवस्थापका आर्थिक श्रोत जुटाउने, कार्यकर्ता परिचालन गर्ने रणनिती तयार पार्न कोठे वैठक, भेला तिब्र पारेका छन । म्याग्दीको जस्तो कठिन र छरिएको पहाडी भुगोलमा चुनावी कार्यक्रमका विच सवै मतदाता र वस्तीमा पुग्न असंभव प्राय: रहेकोले दुर्गम र टाढाका वस्ती र मतदाताको घरदैलोमा पुगेका छन ।
‘कार्यकर्ता भेटघाट, स्थानीय चुनाव प्रचार प्रशास समितिहरु गठन, परिचालन गर्ने, मतदाताको घरदैलोमा पुग्ने, आर्शिवाद लिने र मतदाताको आकांक्षा बुझ्न दुर्गम धवलागिरी गापा तिर छु’ एमालेका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार हरीकृष्ण श्रेष्ठले भने, ‘निर्वाचन आचारसंहिताले चुनावको प्रचार समयावधी घटाउँदा उम्मेदवारको खर्च त कम हुन्छ तर मतदाताको दैलोमा पुग्ने अवसर नहुने रहेछ । चुनाव प्रचार प्रसारमा हुने तडकभडक रोकेर भने राम्रो गरेको छ ।’
वल्लो र पल्लो डाँडामा छरिएर रहेका वस्ती रहेको भुगोल, ६ स्थानीय तहका ४५ वटा वडा छन । प्रदेश सभा तर्फका उम्मेदवारलाई सवै वडामा पुग्न सजिलो भएपनि प्रतिनिधी सभा सदस्य पदका उम्मेदवारलाई भने १५ दिनमा सवै वडामा पुग्न नभ्याईने भएको छ । दलहरुले चुनाव प्रचार अबधि थोरै र वस्ती धेरै भएपछि तीन देखी चार वटासम्म वस्ती भ्याउने गरी चुनावी कार्यक्रम बनाएका छन ।

‘कार्यकर्ता भेटघाट, भेला, वैठक र ब्यवस्थापकीय काममै लागेको छु’ प्रतिनिधी सभामा गठवन्धनका उम्मेदवार खमबहादुर गर्वुजाले भने, ‘ठुला कार्यक्रम बनाएको छैन । स–सानो संख्यामा दिनमा ३–४ वटा वस्तीमा पुग्नेगरी कार्यक्रम बनाएको छु । परम्परागत चुनावी शैलीमा फेरिएको पनि छ ।’ *समाचार कान्तिपुरमा प्रकाशित छ ।