FLASH NEWS
  • Loading...

नवौं राष्ट्रिय खेलकुद : महिला भलिवल प्रतियोगिता देस्रो खेलमा एपिएफ विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३६ पटक पढिएको
नवौं राष्ट्रिय खेलकुद : महिला भलिवल प्रतियोगिता देस्रो खेलमा एपिएफ विजयी

म्याग्दी सदरमुकाम स्थित बेनी खेलमैदानमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिवल प्रतियोगिताको दोस्रो खेल विभागिय टिम एपिएफले हात पारेको छ ।
प्रतियोगितकोमा समुह ए को एपिएफले कर्णाली प्रदेशलाई सोझो तीन सेटमा सहजै परिाजित गरी जित हात पारेको हो । एपिएफले कर्णली प्रदेशलाई २५–५, २५–२ र २५–७ को सेटमा पराजित गरेको थियो ।
दोस्रो खेल अहिले १० बजेदेखी बाग्मती प्रदेश र प्रदेश १ विच खेल सुरु भएको छ । महिला भलिवलको समुह एमा नेपाल एपिएफ क्लव, कर्णाली र त्रिभुवन आर्मि क्लव, समुह विमा बाग्मती, प्रदेश १ र मधेश प्रदेश, समुह सीमा नेपाल पुलिस क्लव र लुम्बिनी तथा समुह डि मा आयोजक गण्डकी, सुदुरपश्चिमले प्रतिस्पर्धा गर्दै छन । हरेक शीर्ष दुई टोलीले क्याटरफाईनल प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिताको फाईन कात्तिक २ गते हुने छ ।

त्यसैविच नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनी कभर्ड हलमा सुरु हुने भनिएको तेक्वान्दो प्रतियोगिता कम्तीमा शुक्रवार तीन वजेसम्मकालागी स्थगित भएको म्याग्दी खेलकुद विकास समितिले जनाएको छ ।
समितिका अनुसार प्रतियोगितामा बाग्मती प्रदेशबाट दुई समुहका खेलाडी सहभागिता दावी गरेपछि विवाद भएको हो । बाग्मती प्रदेशका खेलाडीको छनौटमा विवाद अदालत पुगेकोले राखेपले अर्को निर्णय नपठाउँदासम्म स्थगित गरिएको हो ।