- Loading...
नेत्र महतकाे अडान टिकेन, उम्मेदवारी फिर्ता गरे
- पुनहिल डट कम
- २ साल अघि
- ३९३ पटक पढिएको

मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनकालागी प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका काँग्रेसका नेत्र महतले पूर्वानुमान अनुसार नै बुधवार उम्मेदवारी फिर्ता गरेका छन ।
उम्मेदवारी फिर्ता गरेपछि महतले पार्टी निर्देशन अनुसार उम्मेदवारी फिर्ता गरेकाे बताए । प्रदेश क्षेत्र १ मा एमालेका देवेन्द्रबहादुर कटुवाल, गठवन्धनबाट माओवादी केन्द्रका हरीबहादुर भण्डारी, राप्रपाबाट प्रविण शाही, मंगोलबाट दीपक पुन, राप्रपा नेपालबाट दुत गिरीको मात्र उम्मेदवारी कायम भएको छ ।
त्यसैगरी प्रदेश सभा क्षेत्र २ मा एमालेका यामबहादुर गर्वुजा, गठवन्धनबाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली, राप्रपाबाट मीठूकुमारी थापा, राप्रपा नेपालबाट झलकबहादुर बानियाँ र मंगोलबाट डेकबहादुर पुन र देवेन्द्र पुनको स्वतन्त्र उम्मेदवारी कायम छ।
म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा ९ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधी सभा सदस्यमा एमालेका हरीकृष्ण श्रेष्ठ, गठवन्धनबाट काँग्रेसका खमबहादुर गर्वुजा, राप्रपाबाट जगतप्रसाद गौचन, मंगोल नेशनल अर्गनाईजेसनबाट ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरीबहादुर खत्री, नेशनलिष्ट पिपुल पार्टीबाट विष्णु घिमिरे, नविन जिसी, खिलबहादुर बरुवाल र विनोद भट्टचनगरी तीन जना स्वतन्त्र उम्मेदवारी कायम भएकाे भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी मुस्ताङमा प्रतिनिधी सभा तर्फ तीन जना र प्रदेश सभा क्षेत्र २ का एक गरी चार जनाको उम्मेदवारी फिर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृत इश्वर पराजुलीका अनुसार प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका मानबहादुर विक, स्वतन्त्र उम्मेदवारी दिएका सुरज लालचन र डा.सुरेन्द्र शेरचनले उम्मेदवारी फिर्ता गरेका हुन । प्रदेश निर्वाचन क्षेत्र २ बाट उम्मेदवार दिएका राप्रपा नेपालका जेम्स हिराचनले उम्मेदवारी फिर्ता गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
