FLASH NEWS
  • Loading...

म्याग्दीमा प्रतिनिधी सभा तर्फ ८ जना, प्रदेशमा क र ख मा ६–६ जना उम्मेदवार, काँग्रेसबाट बागी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३९१ पटक पढिएको
म्याग्दीमा प्रतिनिधी सभा तर्फ ८ जना, प्रदेशमा क र ख मा ६–६ जना उम्मेदवार, काँग्रेसबाट बागी

म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा ७ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधी सभा सदस्यमा एमालेका हरीकृष्ण श्रेष्ठ, गठवन्धनबाट काँग्रेसका खमबहादुर गर्वुजा, राप्रपाबाट जगतप्रसाद गौचन, मंगोल नेशनल अर्गनाईजेसनबाट ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरीबहादुर खत्री, नेशनलिष्ट पिपुल पार्टीबाट विष्णु घिमिरे तथा स्वतन्त्रमा नविन जिसी र खिलबहादुर बरुवालगरी ८ जनाको उम्मेदवारी दिएका हुन ।
त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ मा एमालेका देवेन्द्रबहादुर कटुवाल, गठवन्धनबाट माओवादी केन्द्रका हरीबहादुर भण्डारी, राप्रपाबाट प्रविण शाही, मंगोलबाट दीपक पुन, राप्रपा नेपालबाट दुत गिरी र काँग्रेसका नेत्रबहादुर महतले गठवन्धनको बागीको रुपमा स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन । महत म्याग्दी काँग्रेसका पुराना कार्यकता हुन ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ मा एमालेका यामबहादुर गर्वुजा, गठवन्धनबाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली, राप्रपाबाट मीठूकुमारी थापा, राप्रपा नेपालबाट झलकबहादुर बानियाँ र मंगोलबाट डेकबहादुर पुन र देवेन्द्र पुनको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।