FLASH NEWS
  • Loading...

म्याग्दीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता, गठवन्धनका उम्मेदवारकाे टिकट आउँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३९७ पटक पढिएको
म्याग्दीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता, गठवन्धनका उम्मेदवारकाे टिकट आउँदै

म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा एमालेका हरीकृष्ण श्रेष्ठले आईतवार विहान ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन दर्ता गरेका छन ।
त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य क मा एमालेका देवेन्द्रबहादुर कटुवाल र ख मा यामबहादुर गर्वुजा मगरले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गर्नु अघि एमाले जिल्ला कार्यालयमा भेला भएका एमाले कार्रकर्ताहरु ब्यानरसहित निर्वाचन कार्यालयमा पुगेका थिए ।


गठवन्धनमा निर्णय उल्टियो
गठवन्धनमा भने केन्द्रीय भागवण्डामा जिल्ला तह सहमत नभएपछि निर्णय उल्टाइएको छ । गठवन्धनको केन्द्रले एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधी सभा माओवादी केन्द्रलाई र दुवै प्रदेश सभा सदस्य काँग्रेसलाई दिने निर्णय गरेका थिए । तर प्रतिनिधी सभा दिन जिल्ला काँग्रेसले दिन तयार नभएको र माओवादी केन्द्रले प्रतिनिधी सभा सदस्य लिन अनिच्छा देखाएपछि आईतवार विहान सत्ता गठवन्धनका दलहरु विच जिल्ला स्तरीय वैठक बसी केन्द्रीय निर्णय उल्टाएका थिए ।
सहमति अनुसार अव गठवन्धनबाट काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा मगर प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बन्ने भएका छन । ०७२, ०७४ सालको संविधान सभा र प्रतिनिधी सभा सदस्यमा एमालेबाट पराजित भएका गर्वुजाले एमालेका उम्मेदवारसँग तेस्रो पटक भिड्दै छन ।
‘जिल्लामा गठवन्धन भित्रको पद बाँडफाँडको निर्णय सट्टापट्टा गर्नु परेकोले केही ढिलाई भएको छ । जिल्लाको सहमति केन्द्रले स्वीकार गरी सकेको छ’ नेपाली काँग्रेसका सचिव भरत रकालले भने, ‘प्रतिनिधी सभा काँग्रेसलाई परेको छ । उम्मेदवारको टिकट आउन बाँकी छ ।’