FLASH NEWS
  • Loading...

घर पुनःनिर्माण गर्न किस्ता लगेर सम्पर्कविहीन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५७ पटक पढिएको
घर पुनःनिर्माण गर्न किस्ता लगेर सम्पर्कविहीन

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्दीय आयोजना कार्यान्वयन ईकाई जिल्ला कार्यालयबाट निजी आवास पुनःनिर्माण गर्न पहिलो किस्ता बेझेका १ सय ५८ सम्पर्कमा छैनन ।

निजी आवास पुनःनिर्माण गर्न पहिलो किस्ता रकम बुझेर सम्पर्क विहिन हुनेमा संघिय सरकारकी महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा पनि रहेको आयोजना कार्यान्वयन कार्यालयले बताएको छ ।

भुकम्पबाट क्षतिग्रस्त बेनी नगरपालिका, ८ बेनी कालीपुल स्थित पुख्यौली घर पुनःनिर्माण गर्न मन्त्री थापाले पहिलो किस्ता बुझेको आयोजनाले जनाएको छ । ‘अभिलेखमा मन्त्री ज्यूले निजी आवास पुनःनिर्माण गर्न पहिलो किस्ता बुझेको देखिन्छ । तर भवन पुनःनिर्माण गर्न हाम्रा फिल्डमा खटिएका प्राविधिकसँग सम्पर्कमा नभएको रिपोर्ट आएको छ’ राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्दीय आयोजना कार्यान्वयन ईकाई जिल्ला कार्यालयका प्रमुख शिवराम गेलालले भने, ‘पहिलो किस्ता रकम लगेका १ सय ५८ जना सम्पर्कमा छैनन । उनीहरुलाई स्थानीय नगर/गाउँपालिका मार्फत खोजी गरिरहेका छौं ।’

आयोजना कार्यान्वयन ईकाई जिल्ला कार्यालयको अभिलेख अनुसार सम्झौता गरी निजी आवास पुननिर्माण पहिलो किस्ता अनुदान रकम लिने ७ सय ८० घरधुरीमध्य २ सय १४ जनाले आवास पुनःनिर्माण गरी अन्तीम किस्ता बुझेका छन । ३ सय १२ जनाले दोस्रो किस्ता पाएका छन । जिल्लाका ७ जनाले आफ्नो घरको प्रवलिकरण (रेट्रो फिटिङ्ग) गराएका छन ।

आयोजनाका फिल्डमा खटिएका प्राविधिकहरु फिल्ड भक्ता, दुर्घटना विमा समेतका सुविधा थप्न माग राख्दै राजधानी केन्द्रीत आन्दोलनमा उत्रेपछि तेस्रो किस्ता पाउन रोकिएको कार्यालयले जनाएको छ । त्यसैगरी सुरु सर्वेमा नाम छुटेका ५ सय १५ जनाले आफ्ना निजी आवास पुनः सर्वे एवं जाँच गराई पाउन निवेदन दिएका छन । प्राविधिकको आन्दोलनले यो कार्यक्रमपनि प्रभावीत भएको छ ।

त्यसैगरी बेनी नगरपालिका १ रत्नेचौर र ६ अर्थुङ्गे क्षेत्रका निजी आवास अनुदान पाउने घरधनीमध्य १२ जना नक्कली रहेको भन्दै अख्तियार र प्राधिकरणमा उजुरी परेकोमा अख्तियारको अख्तियारी लिएर जिल्ला प्रशासन कार्यालयलाई रिपोर्ट दिएको छ ।