- Loading...
गण्डकीका १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, म्याग्दीबाट काे ?
- पुनहिल डट कम
- २ साल अघि
- १६८५ पटक पढिएको

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन्। १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ।
हालसम्म टुंगिएको सीटमध्ये प्रतिनिधिसभा तर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेद्वार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङजा र तनहुँमा कांग्रेसका मात्रै उम्मेद्वार हुनेछन्।
गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन। कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दावी छोडेका छैनन्। स्राेतका अनुसार गोरखा १ मा माओवादीले नै पाउने पक्काजस्तै छ। कास्की ३ माओवादी र नवलपुर २ एकीकृत समाजवादीले पाउन सक्ने बताइएको छ।
मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ। नवलपुर १ बाट डा. शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर), तनहुँ १ बाट रामचन्द्र पौडेल उठ्ने लगभग निश्चितप्रायः छ। तनहुँ २ मा शंकर भण्डारी र प्रदीप पौडेलमध्ये १ ले टिकट पाउने बुझिएको छ। स्याङजा १ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङजा २ बाट भागवत प्रकाश मल्लले नै टिकट पाउने सम्भावना छ।
कास्की १ बाट पुर्व मन्त्री यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसीसहितका नेताहरू रेसमा छन्। लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा २ मा समाजवादी पार्टीका नेता डा. बाबूराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
