- Loading...
सत्ता गठवन्धन विदेशीकाे डिजाइनमा-लिङदेन
- पुनहिल डट कम
- २ साल अघि
- ३७९ पटक पढिएको

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पञ्चायत विघटनकाे ३३ बर्ष र राजतन्त्र अन्त्य भएकाे १७ बर्षमा देशले विकास र उन्नती गर्नुकाे साटाे झन अधाेगतिमा गैरहेकाे भन्दै पछिल्ला बर्षहरूमा वैदेशिक ऋणभार थेग्न नसक्ने गरी बढेकाे तथा देशमा वैदेशिक हस्तक्षेप अति बढ्दा देशकाे सरकार समेत विदेशीकाे डिजाइनमा बन्ने गरेकाे दावी गरे । उनले बर्तमान गठवन्धन सरकार पनि विदेशीकाे डिजाइनमा भाेलीकाे अाफ्नाे अनुकुलकाे सरकार ल्याउन गठवन्धन सरकार बनाएकाे दावी गरे ।
‘देशको संविधान कस्तो बनाउने, नागरिकता ऐन कस्तो बनाउने, वैदेशिक नीति कस्तो बनाउने, भावी सरकार कस्ताे बनाउने र काे प्रधानमन्त्री बन्ने भन्ने जस्ता कुरा विदेशीले नै डिजाइन गर्ने गरेका छन । काे काे नेता वेदेशमा गएर अवकाे प्रधानमन्त्री बन्ने भन्ने सहमती गरेकाे सार्वजनिक भएकै छ’ , मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनीको अायाेजित आमसभालाइ सम्बाेधन गर्दै केन्द्रीय अध्यक्ष लिङ्देनले भने, ‘यस्ता राष्टघाती नेतालाइ विस्थापित गर्न वा पाठ सिकाएर सुधार गर्न जे गरेपिन राप्रपा अवकाे विकल्प हाे ।’
त्यसैविच पञ्चायतकालमै अाफुसँग असहमत राख्ने पदम ठकुराठीलाइ गाेली हानेकाे अभियाेगमा जेल भुक्तान गरी निक्लेका राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व पञ्चायती राज्य मन्त्री भिम प्रसाद गौचनले सभालाइ सम्बाेधन गर्दै भने, ‘अाफुलाइ हिन्दु हुँ भन्दै पुजा गर्न हिंड्ने, पण्डित्याइ गर्ने तर हिन्दुमास्ने र धर्मग्रन्थ जलाउँदै हिंडेका माअाेवादीलाइ भाेट हाल्ने नकटाहरूकाे अव हात काट्नु पर्छ । म ब्रामणा हुन्थें भने हिन्दुधर्म मास्ने, नास्ने पापीलाइ भाेट हाल्नु परे, अाफ्नाे हात अाफै काट्ने थिएँ ।’
सभालाइ केन्द्रीय सदस्य जगत गौचन, गण्डकी प्रदेश अध्यक्ष पंचमान गुरुङ, राप्रपा म्याग्दीका उपाध्यक्ष जगतनारायण गौचन लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्नेमा जोड दिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
