- Loading...
धौलागिरीको विएलई नतिजा निराशाजनक
- पुनहिल डट कम
- ५ साल अघि
- २५९ पटक पढिएको
धौलागिरी गाउँपालिकाले संञ्चालन गरेको आधारभुत तह परिक्षा (विएलई) कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ ।
धौलागिरी गाउँपालिका शिक्षा शाखाले सञ्चालन गरेको विएलई परिक्षामा सहभागी ८० प्रतिशतबढी विद्यार्थी कुनै न कुनै विषयमा अनुतिर्ण भेटिएको हो । औपचारिक रुपमा परिक्षाफल भने प्रकाशित गरिएको छैन । विएलई परिक्षामा धौलागिरीका १६ विद्यालयका आधारभुत तहका १ सय ५६ छात्रासहित ३ सय १८ विद्यार्थी सहभागी छन ।
‘आधारभुत तह परिक्षा (कक्षा ८) को नतिजा निराशाजनक देखिएकोले परिक्षाफल अक्षराङ्ढ पद्धतिमा प्रकाशित गरी कमजोर ग्रेड ल्याउने विद्यार्थीलाई माथिल्लो तहमा भर्ना लिन ग्रेडबृद्धी परिक्षामा सहभागी गराउने निचोडमा पुगेका छौं’ धौलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भने, ‘नयाँ शैक्षिक सत्रको सुरुमै नतिजा विश्लेशष गोष्ठी गरी नतिजा सुधार गर्न रणनितीतय गरिने छ ।’
नतिजा निराशाजनक बनेपछि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अर्जन शर्मा, शिक्षा शाखा संयोजक गिरीबहादुर छन्त्याल र प्रअहरुको आकस्मिक वैठकले नतिजा अक्षराङ्ढ पद्धतिमा प्रकाशित गर्ने र वैशाख १५–२४ गतेसम्म ग्रेडबृद्धि परिक्षा संञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षा शाखाका अनुसार अनुतिर्ण मध्य क्रमश ः गणित, अँग्रेजी, विज्ञान र कम्प्युटर विषय छन । अनुतिर्ण विषयमा ० देखी ५ अङ्ढ ल्याउनेको संख्या पनि उल्लेख्य छ । विषय उत्तिर्ण मध्य पनि ए लेवल ल्याउने शुन्य छन । अधिकांश वि र सि ग्रेड ल्याउने छन । गाउँपालिकाको शिक्षा शाखाका अनुसार परिक्षामा विद्यालयले कोडिङ गरेको कापीलाई गाउँपालिकाको परिक्षा शाखामा ल्याई डि कोडिङगरी अन्तरविद्यालय कपी साटेर परिक्षण गरिएको थियो ।
‘जति विषयलागेपनि पास गराउने प्रबृतिले अध्ययनमा चासो घटेको छ । त्यसैले ग्रेडिङ पद्धतिमा सर्टिफिकेट दिने तर माथिल्लो तहमा भर्ना लिन भने कमजोर ग्रेड ल्याएका विद्यार्थीलाई ग्रेडबृद्धी परिक्षामा सहभागी गराउन रुटिन बनाएका छौं’ शिक्षा शाखा संयोजक गिरीबहादुर छन्त्यालले भने, ‘गाउँ–गाउँमा लाग्ने अधिक मेलाजात्रा, पारिवारिक वातावरण, वालविवाह र शिक्षकले अल्छीहुँदा पुरै पाठ्यक्रम नसक्ने समस्या छ ।’
धौलागिरी गाउँपालिका भित्रका प्रायः मावि तह प्रस्तावित छन । गाउँपालिकामा आधारभुत र माध्यामिक तहमा गरी ७३ जना शिक्षक दरवन्दी रिक्त छ । तल्लो दरवन्दीको शिक्षकले जर्वजस्ती माथिल्लो तहमा कामचलाउ अध्यापन गरिरहेको कारण शैक्षिक गुणस्तर कमजोर भएको निस्कर्ष गाउँपालिकाले निकालेको छ । हिमाली जिल्ला म्याग्दीको पनि अति दुर्गम भुगोल रहेको धौलागिरी गाउँपालिकामा शिक्षक कर्मचारी नवस्ने र शहरी क्षेत्रमा अवसर नपाएका शिक्षक दुर्गममा पठाईने अर्को समस्या छ ।
‘विद्यालयमा प्रयाप्त शिक्षक नै छैनन । उपलब्ध शिक्षक पनि अपडेट छैनन । राम्रा शिक्षक सदरमुकाम वरपरका विद्यालयले तान्ने प्रवृतिले दुर्गमा शिक्षक टिकाउन समस्या भएको छ’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘आगामी आवबाट शिक्षा क्षेत्रमा बजेट भोलुम बृद्धी गरी शिक्षक अनुदानको सट्टा गाउँपालिकाले नै शिक्षक नियुक्त गरी आवश्यकता अनुसार विद्यालयमा पठाउने योजना छ ।’