FLASH NEWS
  • Loading...

नेकपा म्याग्दीको स्थानीय तहमा एकता टुङ्गीयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१७ पटक पढिएको
नेकपा म्याग्दीको स्थानीय तहमा एकता टुङ्गीयो

नेकपा म्याग्दीले स्थानीय तहमा एमाले–माओवादी केन्द्र विचको पार्टी एकता टुङ्गो लगाएको छ । नेकपाको जिल्ला कमिटिको अध्यक्ष हत्याउन साविक एमाले र माओवादी केन्द्र विच चर्को लविङ्ग भएको छ ।

जिल्लाका ६ मध्य ४ स्थानीय तहको अध्यक्ष एमाले र २ माकेले लिने भएका छन । स्थानीय तहको सवै कमिटिमा एमाले ५९ र माकेबाट ४१ प्रतिशत अनुपात राखिएको नेकपा जिल्ला संयन्त्र सदस्य हरीकृष्ण श्रेष्ठले बताए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्षमा एमालेका खड्ग गिरी र सचिवमा माकेका पूर्णपाईजा चयन भएका छन । त्यसैगरी वडा कमिटिमा अन्नपूर्ण गापा १ दोवामा कुलप्रसाद पुर्जा, रमेश पुर्जा, २ वडा भुरुङ्गमा याम फगामी, इन्द्र थापा, ३ दानामा रमेश पुर्जा, थमबहादुर पुर्जा, ४ नार्च्यङमा सिवानीसिं ल्वागन, रुमलाल पुन, ५ शिखमा उदिय पाईजा, तेजाबहादुर पुर्जा, ६ मा विवादले टुङ्गो लागेन । वडा ७ हिस्तानमा नन्दबहादुर गर्वुजा, मनबहादुर पुर्जा, ८ राम्चेमा फासबहादुर गर्वुजा र सईबहादुर गर्वुजा क्रमशः अध्यक्ष र सचिवमा चयन भएका छन ।

मंगला गापा अध्यक्षमा एमालेका प्रेमप्रसाद रेग्मी माकेका याम रोका सचिव चयन भएका छन । १ नम्बर वडा कमिटिमा एकजित रोका, पूथीलाल विक, २ मा कुलबहादुर पुन, चक्रलाल पाण्डे, ३ मा मोहनलाल सापकोटा, कर्ण गिरी, ४ मा कलाधर कंडेल, उमेश विक र वडा नं ५ मा चिरिन्जिवी आचार्य र मनप्रसाद कँडेल क्रमश ः अध्यक्ष र सचिव चयन भएका छन ।

 

मालिका गापामा एमालेका वेगप्रसाद गर्वुजा अध्यक्ष माकेका गोविन सिउथानी सचिव चयन भएका छन । मालिकाको १ वडामा बुद्धी पुन, रमेश पुन, २ मा खमबहादुर पुन, शिव दर्जी, ३ मा सरस्वती पुन, मनबहादुर पुन, ४ मा रेशम पुन, गोपाल कंडेल, ५ कुलबहादुर घर्ती, रविन्द्र रोका, ६ मा अनुप गौडेल, ओमकार रोका र वडा ७ मा बुद्धी जुग्जाली र होमन जुग्जाली क्रमश ः अध्यक्ष र सचिव चयन भएका छन ।

धौलागिरी गापा कमिटिमा खुमनाथ सुवेदी अध्यक्ष र एमालेका देउप्रसाद छन्त्याल सचिव चयन भएका छन । धौलागिरी गापा–१ गुर्जाको वडा कमिटिमा सीता छन्त्याल, हेमप्रसाद छन्त्याल, २ नम्बरमा मोतिप्रसाद पाईजा, वलबहादुर विक, ३ रेशम पुन, पूर्म पुन, ४ मा केशरमान पुन, चन्द्र हमाल, ५ मा खिरबहादुर छन्त्याल, धनप्रसाद छन्त्याल, ६ मा ज्ञानबहादुर रोका, किरण लामगाडे, ७ मा प्रगती कार्की र रामबहादुर खक्री त्रमश ः अध्यक्ष र सचिव बनेका छन ।

 

रघुगंगा गापा कमिटिको अध्यक्षमा दिपक कार्की एमाले र हरीभण्डारी माके रहेका छन । वडा कमिटमा १ मा नरसिं पुन, वालकुमार शेरपुन्जा, २ मा झलक शर्मा, नरबहादुर भण्डारी, ३ मा मोहन कर्की, तारा शाही, ४ मा सुविन शेरपुजा, विप्रसद पुन, ५ मा पदम शेरपुजा, कृष्ण थजाली, ७ खम्वीर माईजा, हिमाल गोतामे, ७ मा ध्रुव पाईजा, वेगबहादुर घर्तिमिरे र ड मा चन्द्रमान छन्त्याल, चित्र विक अध्यक्ष र सचिव बनेका छन ।

 

बेनी नगरपालिकामा माकेका शेरबहादुर केसी अध्यक्ष एमालेका राजकुमार थापा मगर सचिव चयन भएका छन । बेनी नगरपालिका कमिटिको अध्यक्ष माकेलाई परेपछि साविक एमाले बृत्तमा ब्यापक असन्तुष्टी देखिएको छ ।

बेनी नगरपालिका, १मा पदम रावल, सेते किसान, २ मा कृष्ण कार्की, डम्बर सापकोटा, ३ मा खिमबहादुर पुन, दिलबहादुर थापा, ४ मा अणबहादुर खड्का, कृष्ण खड्का, ६ मा गणेश बानियाँ, यादव सुवेदी, ७ मा लक्ष्मण शर्मा, कृष्ण बानियाँ, ८ मा ठाकुर शर्मा, खेम केसी, ९ मा रुद्र रेग्मी, झलक विक र १० वडामा कृष्ण मल्ल र केश सस्याल क्रमश ः अध्यक्ष र सचिव निर्बाचित भएको छन ।