- Loading...
गण्डकी प्रदेश स्तरिय महिला भलिबलमा म्याग्दी प्रथम
- पुनहिल डट कम
- २ साल अघि
- ३४५ पटक पढिएको
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छ । पुरूष तर्फ भने नवलपुर पहिलाे भएकाे छ ।
फाइनलमा नेपाली राष्ट्रिय टोलीकी टिम कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले जित्दै स्वर्ण पदक हात पार्न सफल भएको हाे ।
यस अघि भएको सेमीफाइनलमा म्याग्दीले तनहुँलाई सोझो सेटमा २५–११ र २५–१४ ले पराजित गर्दै पर्वतसंग भेट पक्का गरेको थियो । रजत पदक विजेता पर्वतले कास्कीलाई २५–२३ र २५–२१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
कास्कीले तनहुँलाई सोझो सेट २५–१२ र २५–१० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो ।
त्यस्तै पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँसंग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजासंग भिडन्त गरेको थियो ।
फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि पछिल्ला २ सेटमा लगातार स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको थियो भने उपविजेता बनेको स्याङजाले रजत पदक प्राप्त गरेको छ । पुरुषतर्फ कास्कीले कास्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा कास्कीले पर्वतलाई २५–१७, २९–२७ र २५–२३ ले पराजित गर्दै कास्य पदक जितेको हो ।