- Loading...
अनलाइनमा भेटिने सामग्री सत्य हुन् कि गलत, कसरी थाहा पाउने ?
- पुनहिल डट कम
- २ साल अघि
- ३९१ पटक पढिएको

अहिलेको जमानामा धेरै मानिसका लागि सूचनाको मुख्य स्रोत नै अनलाइन बनिरहेको छ । इन्टरनेट र डिजिटल उपकरणको प्रयोग तीव्र रूपमा बढ्दा परम्परागत सञ्चार साधनको प्रयोग घट्दो छ ।
अनलाइनमा पनि सूचना पाउन अनेकन् विकल्प छन् । कोही समाचार पोर्टल चहार्छन् । कोही सामाजिक सञ्जालमा भर पर्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजनले दिने समाचार पनि अहिले अनलाइनमै उपलब्ध हुन थालेको छ ।
यसरी अनलाइनमा आश्रित जमात बढिरहँदा चुनौती पनि उसैगरी उभिएको छ । कुन सूचना सही हो, कुन गलत हो, झट्ट विश्वास गर्न सकिँदैन । विश्वासिला समाचार पोर्टलहरुले पनि धेरैपटक गलत सूचना दिएका उदाहरण छन् ।
सामाजिक सञ्जालका पोस्टको त कुरा गरी साध्य छैन । भ्रम फैलाउने उद्देश्यले शेयर भएका पोस्टमा धेरै मानिसहरुको लाइक, कमेन्ट देख्न सकिन्छ ।
अनलाइनले सूचना प्राप्त गर्ने छरितो माध्यमका रुपमा आफूलाई परिचित गराए पनि यसबाट मानिस दिग्भ्रमित हुने गरेका छन् ।
कतिपय अवस्थामा सूचना दिने सबै व्यक्ति पेशेवर सञ्चारकर्मी हुँदैनन् । हचुवामा जोकोहीले इन्टरनेटको जालोमा जेपनि पोस्ट गर्न सक्छन् ।
यसर्थ सूचनाका लागि अनलाइन माध्यम जति सहज छ, उतिनै अविश्वासिलो पनि ।
केही मानिस अरूलाई ठग्न, झुक्याउन पनि अनलाइन प्रयोग गर्छन् ।
कहिलेकाहिँ आधिकारिक र विश्वासिला व्यक्ति/संस्थाहरूले पनि गलत सूचना शेयर गरेका हुनसक्छन् । यसका लागि अनलाइन माध्यममा आउने तथ्य जाँच (fact-check) गर्न निकै जरुरी छ ।
तथ्य जाँचले अनलाइन एवं सामाजिक सञ्जालमार्फत हुने गलत वा भ्रामक सूचनाको विस्तार र व्यापक प्रसारलाई रोक्नसक्छ ।
सूचनाको स्रोत जाँच गर्नुहोस्
अनलाइन माध्यममा फेला परेका चित्र, ग्राफिक्स वा पोष्टले मान्यताप्राप्त शैक्षिक संस्था, वैध कम्पनी, एजेन्सी, संस्था, वेबसाइट वा विशेषज्ञजस्ता विश्वसनीय स्रोतको उल्लेख गरेको छ कि छैन भनेर हेर्न सकिन्छ ।
यदि प्राप्त सूचनाको भरपर्दो स्रोत छैन भने यसलाई शेयर नगर्नु उपयुक्त हुन्छ । सूचना आधिकारिक भएमात्र यसको विश्वास गर्नुपर्छ ।
भाषा जाँच गर्नुहाेस्
अनलाइनमा भएका सामग्रीमा कस्तो भाषा प्रयोग भइरहेकाे छ भनेर पनि बुझ्नु जरुरी छ ।
भाइरल अर्थात् चाँडै धेरै फैलने पोष्टहरूले प्रायः ‘क्लिकबेट’ (मानिसहरूलाई पोष्टमा क्लिक गर्न आकर्षित गर्ने किसिमका शीर्षक) का लागि सनसनीपूर्ण एवं उत्तेजित पार्ने भाषा प्रयोग गरेका हुन्छन् ।
यस्तो लिंकमा क्लिक गर्दा भित्र जानकारी भने केही हुँदैन वा शीर्षक अनुसारकाे हुँदैन ।
यस्ता लिंक मानिसहरूको विवरण चोरी गर्नको लागि पनि प्रयोग गर्ने गरिन्छ ।
यसकारण लिंकहरू चिन्न लिंक एड्रेसमा भएको शब्द/अक्षर हेर्न सकिन्छ । तिनीहरूमा प्रायः व्याकरणीय त्रुटि हुनसक्छन् । जस्तो कि ‘गोरखापत्र’ नामको वेबसाइटमा ‘gorkhpatradaily’ अथवा बुद्ध एयरको भनिएको वेबसाइटमा ‘Buddhair’ हुनसक्छ ।
त्यसैले सनसनीपूर्ण भाषा भएको वा गलत भाषा प्रयोग गरिएको सामग्री क्लिक अथवा शेयर नगर्नुहाेस् ।
तस्वीर/भिडिओ जाँच गर्नुहाेस्
अविश्वसनीय वा गलत सूचनामा ‘क्लिकबेट’का लागि फोटोशप गरिएका, विकृत र प्रायः यौनजन्य चित्र/ भिडिओ समावेश हुन्छन् । त्यसैले यस्ता तस्वीर/भिडिओहरूको विश्वास गर्नुहुँदैन र यस्तो सामग्री भएको लिंकमा क्लिक पनि गर्नुहुँदैन ।
ती तस्वीर/भिडिओहरू वास्तविक हुन् वा होइनन् भनेर अन्य स्रोतहरूमा आएका जानकारीसँग तुलना गरेर पनि हेर्न सकिन्छ ।
पछिल्लो समय डिपफेक भिडिओमार्फत् चर्चित अनुहारहरू (जस्तै; रवि लामिछाने, बालेन्द्र साह) प्रयोग गरेर मानिसहरूलाई ठग्ने कामसमेत भइरहेकाे पाइएकाे छ ।
अन्य सञ्चारमाध्यम हेर्नुहाेस्
अनलाइनमा कुनै एउटा सूचना प्राप्त भयो भने अन्य भरपर्दो सञ्चारमाध्यम पनि हेर्ने बानी बसाल्नु उचित हुन्छ । अन्य सञ्चार माध्यमले यस विषयमा समाचार सम्प्रेषण गरेका छन् कि छैनन् भनेर जाँच गर्नुपर्छ ।
यदि छैन भने त्यस्ता सूचनामा विश्वास गरिहाल्नु हुँदैन । कुनै पनि सामग्री पुष्टि गर्न कम्तीमा तीनवटा भरपर्दो स्रोतबाट जाँच गर्नु उचित हुन्छ ।
वास्तविकता पहिचान गर्नुहाेस्
यदि लेखक वा सूचना शेयर गर्ने संस्थाले कुनै विशेष दृष्टिकोणको प्रतिनिधित्व गर्ने गरेका छन् र त्यसका लागि चिनिएका छन् भने त्यो दृष्टिकोणलाई समर्थन गर्नेगरी तर्क र तथ्यहरू छनौट गरिएका हुनसक्छन् । यद्यपि यस्ता कुराको पनि वास्तविकता जाँच गर्न जरुरी हुन्छ ।
त्यसैगरी ठूला कम्पनी अथवा संस्थाको सेवासँग मिल्दोजिल्दो नाम राखेर विभिन्न अफरको विज्ञापन पनि राख्ने गरिन्छ । यस्तो जालमा नपर्नका लागि तथ्य जाँच गर्न सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जाल अकाउन्टमा गएर हेर्न सकिन्छ ।
तथ्य जाँच गर्ने वेबसाइटहरू
अनलाइनमा आएका कुनै सामग्रीको विषयमा दुविधा भयो अथवा सो सूचना सही हो वा होइन भनेर थाहा पाउनका लागि तथ्य जाँच गर्ने विभिन्न वेबसाइट प्रयाेग गर्न सकिन्छ । *टेकपानामा प्रकाशित समाचार ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
